एशियाली खेलकुदको भव्य उद्घाटन

आजभोलि

एशियाली खेलकुदको भव्य उद्घाटन

काठमाडौं । एसियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको शनिबार साँझ इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरे ।

समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिटलगायतले आफ्ना प्रस्तुति दिए । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी भए ।

नेपाली टोलीको नेतृत्व युवा तथा खेलकुदमन्त्री जगतबहादुर विकले गरे । उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए ।

एसियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इन्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एसियाली खेलकुदमा समग्रमा सबैभन्दा बढी स्वर्णपदक जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ ।

त्यस्तै, थाइल्यान्डले ८१६, दक्षिण कोरियाले ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् । एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी छन् ।

जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे एकजना रहेका छन् ।

नेपालले आर्चरी, एथ्लेटिक्स, बास्केटबल ९थ्री अन थ्री०, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, पाराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदैछ ।

दुई संस्करणबाहेक सबै एसियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ ।

  • २ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !