बाबुराम भट्टराईले अनर्थमा मलाई दुःख दिए (एक यर्थात् बयान)

आजभोलि

दीर्घराज प्रसाई

डा. बाबुराम भट्टराईले अनर्थमा मलाई दुःख दिने काम गरिरहेका छन् । ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ जस्तो भएको छ । जो व्यक्ति भारतीय गुप्तचर संस्थाको प्रिय बनेर नेपालको अस्तित्व समाप्त पार्ने राष्ट्रघाती कार्य गर्दै आए ती व्यक्तिले ‘दीर्घराज प्रसाईले मलाई ‘रअ’ को एजेन्ट भनेर लेख्यो’ भन्दै अनावश्यक निहुँ खोजेर मेरो विरुद्ध अदालतमा मुद्दा हाले । के यो देशमा लेख्ने स्वतन्त्रता छैन रु के यहाँ भारतीय दलालहरुको बिरुद्ध कलम चलाउन पाइँदैन रु बाबुराम भट्टराई बडो राम्रो मिजासिलो व्यक्ति जस्तो लाग्थ्यो ।

०५२ सालदेखि उनले नेपालका भ्रष्ट नेता र भारतीय हस्तक्षेपको बिरुद्ध मद्दा उठाएकाले उनलाई एक राजनीतिक योद्धा ठानियो । पछि–पछि थाहा हुँदै गयो, तर उनी रहेछन्–राष्ट्रघातका योद्धा । धिक्कार छ उनको पीएचडी ?

प्रो. एस डी मुनीले काठमाण्डौंमा आएर माओवादीका बाबुराम भट्टराई र प्रचण्डहरुलाई भारतमा नै सुरक्षाकासाथ पाँच बर्षसम्म तालीम दिएर राखिएको र उनीहरु भारतीय पक्षमा काम गर्न इच्छुक भएका थिए भन्दै त्यसपछि २०६२ मंसिरमा १२ बुँदे सहमति भएको रहस्य खोले । यसबारेमा उनको पुस्तक समेत प्रकाशित छ । बाबुराम भट्टराईलाई भारतीय गुप्तचर संस्थाले प्रयोग गरेको कुरा सार्वजनिक भएपछि पनि उनले अलिकति पनि शिर निहु(याएनन् । २०६२ मंसिरको १२ बुँदे सहमतिमा बाबुराम भट्टराईको सक्रिय भूमिका थियो । त्यसपछि मैले उनलाई एक सशंकित व्यक्तिको रुपमा सोचेर उनको बिरोधमा लेख्न थालेँ ।

२०६३ सालपछि सत्तामा पनि आए । सत्तामा आएपछि जता हेर्यो उतै उनले बिगार्ने काम मात्र गर्न थाले । उनी अर्थमन्त्री भएको बेलाका आर्थिक दूरुपयोग गरे । बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला गोर्खाकै अर्का कुचक्री एकनाथ ढकाललाई मन्त्री बनाएर गरिबी निवारण कोष नामक संस्थाबाट मात्र माओवादी र इसाईहरु र इसाई बन्नेहरुलाई अबौं रुपैया बाँडे ।

बाबुराम भट्टराई क्याथोलिक क्रिस्चियन रहेछन् । यसरी नेपालको अस्मिता खल्बल्याउन भारत र क्रिस्चियनको अन्धभक्त भएर उनले जुन कुकर्म गर्न थाले त्यसको बिरुद्धमा मैले लेख्न थालें । ‘देशद्रोहीहरुको बिरुद्ध खाँडो जगाऔं ?’

मेरो लेख २०६६ साल साउन २६ गते तरुण साप्ताहिकमा छापियो । त्यस लेखमा भनेको थिएँ– ‘भारतीय गुप्तचर संस्था ‘रअ’ का अनुयायीहरुको नेपालमा जगजगी छ । बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री भएमा भारतले यिनै मार्फत नेपाललाई कब्जा गर्नसक्छ–राष्ट्र विखण्डनमा । भारतीय गुप्तचर संस्था ‘रअ’ चाहन्छ, बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएर सिक्किमलाई कुख्यात ल्याण्डुबले डुबाएको जस्तो नेपाललाई डुबाउने छ । ऐतिहासिककालदेखि शसक्त हुने परम्परा अनुसार देशद्रोहीहरुको बिरुद्ध खाँडो जगाऔं’ भन्ने मेरो लेखको बिरुद्ध त उनले जिल्ला अदालत काठमाण्डौंमा मुद्दा हाले । अढाई बर्षसम्म आफै धाएँ । बाबुराम भट्टराई प्रधानमन्त्री भएकै बेलामा २०७० वैशाख २१ गते बाबुराम भट्टराईको ‘प्रमाण पुगेन’ भनेर अदालतले फैसला गर्यो । उनले मुद्दा हारे, मैले जितें ।

तर अहिले फेरि उनले मेरो बिरुद्ध पुनरावेदन अदालतमा मुद्दा गरेका छन् । मजस्ता एक राष्ट्रभक्त व्यक्तिलाई अनर्थमा मुद्दा हालेर बाबुराम भट्टराई अरु वदनाम भएका छन् । उनलाई माओवादीका नेता तथा अन्य धेरै व्यक्तिहरुले भारतीय गुप्तचर संस्था ‘रअ’ को एजेन्ट भनेका छन् । वास्तवमा गुगलमा बाबुराम भट्टराई लेखेर केही पर ‘रअ’ लेखेर क्लिक् गरियो भने संसारका वेवसाइटहरुले उनी –‘रअ’ को एजेन्ट भएको प्रस्ट्याएका छन् ।

भारतको एक अनलाइृले त उनलाई चीनको जासुस खटाएको छ भनेको छ । तर मेरो लेखमा उनलाई ‘भारतीय गुप्तचर संस्था ‘रअ’ ले उनलाई प्रयोग गर्न सक्छ’ मात्र लेखेकोमा उनले नै आफूलाई भारतीय गुप्तचर संस्था ‘रअ’ को एजेन्ट भनेको अर्थ लगाएर मलाई सताउन मुद्दा दायर गरे ।

बाबुराम भट्टराईले २०६६ सालमा कान्तिपुर फायर साइडमा बोलेका थिए–‘जति–जति देश बिग्रिन्छ उती–उति माओवादीलाई फाइदा हुन्छ ।’ यस कुरालाई पनि मेलै मेरो लेखमा उल्लेख गरेको थिएँ । तर बाबुराम भट्टराईले ‘यो कुरा मैले बोलेकै छैन’ भन्दै रीट निवेदनमा लेखे–‘भारतीय गुप्तचर संस्था ‘रअ’सँग मलाई सिधै जोडी मेरो बिरुद्ध लेखिएको उक्त लेख मेरो ख्यातीमा अपुरणीय क्षति पुग्छ’ भन्दै मेरो बिरुद्ध अनर्थमा गाली बेइज्जतीको मुद्दा दायर गर्ने काम गरेका थिए ।

बाबुराम भट्टराई बारे २०६८ साल भाद्र २६ को अन्नपूर्ण पोष्टमा डा. ऋषिराज बरालले आफ्नो लेखमा लेखे–‘भारतीय गुप्तचर संस्था ‘रअ’ का उपप्रमुख आलोक जोशीको रोहवरमा मध्यरातमा मधेसी मोर्चाका १२ जनालाई मन्त्री दिने र समग्र सरकारी नीति तथा योजना भारतीय योजनामा चल्ने भन्ने निर्णय प्रचण्ड–बाबुरामले गरिसकेपछि मधेसका नाममा समूहगत सेना भित्र्याउने निर्णय पनि भइसकेको छ ।

प्रचण्ड समेतको रोहवरमा अघि बढेको सिक्किमीकरणको डिजाइनसँगै कमरेड प्रधानमन्त्रीले खुल्ला रुपमा वर्गयुद्धको घोषणा गरे । बाबुरामको वारेमा पहिलादेखि नै भन्दै आएका थियौं, त्यो अव सबै सही सावित भएको छ । त्यसैले अव राष्ट्रघात र सिक्किमीकरणको बिरुद्ध उठौं ।’ यसबाट थाहा हुन्छ डा। बाबुराम भट्टराई कहाँबाट संचालित छन् ।

उनी अर्थमन्त्री तथा प्रधानमन्त्री भएर सम्पूर्ण शासनको वागडोर सम्हालेपछि विदेशीहरु र इसाईहरुको चलखेल बढाएको कुरा सर्वब्यापी छ । डा।बाबुराम भट्टराईको बहुरुपको चर्चा गर्दा सज्जन मान्छे पनि बहुलाउँछ । जस्तै २०७० भदौ ६ गते संयुक्त जातीय मुक्ति मोर्चा ललितपुरमा आयोजित कार्यक्रममा जातीय मुद्दाको बिरोधमा उनी बोले–‘संघीयताबाट विदेशी चलखेल बढेको, संघीयतामा जाँदा मुलुक टुक्रनेतर्फ सचेत भएर नेपालको अस्तित्व जोगाउन सबै पक्षले ध्यान दिनुपर्ने, स्वाधीनता ख्याल पु¥याउन नसके देश छिमेकी मूलुकको थिचोमिचोमा पर्ने’ भनेको कुरा ७ भदौको राजधानीमा प्रकाशित भयो । हामीले ठान्यौं– बाबुराम अव सही बाटोमा आए । उनको समर्थन भयो ।

फेसबुकमा ब्यापक समर्थनहरु पढिए । तर त्यसको भोलिपल्टै ‘आफूले जातीय राज्यको बिरुद्धमा कहीं पनि नबोलेको र जाली फटाहाहरुले भ्रम छरेको’ भन्ने आरोप लगाएको समाचार २०७० भदौ ८ गतेको गोरखापत्रमा पढेपछि थाहा भयो बाबुरामको छद्यभेष ।

किन बोले, किन होइन भने रु उनले नेपाली जनमानसलाई खल्बल्याउन पूर्व जाँदा एक कुरा बोल्ने अनि पश्चिम जाँदा ठीक त्यसको उल्टो बोल्ने कस्तो लैबरी रु

यो, धर्मनिरपेक्ष, गणतन्त्र र संघीय संविधानले देशमा रगतको खोलो बगाउँछ । भारतमा सोनीयाँ गाँधीको सैतानी सत्ता भासिएर हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको छ । तर पनि ‘रअ’ सक्रिय नैं छ । प्रधानमंत्री मोदी र भाजपा नेपालमा हिन्दु अधिराज्य र हिन्दु राजसंस्था यथावत कायम होस् भनेर आफ्रनो प्रतिष्ठा कमाउन चहान्छन् ।

हिजो कांग्रेस (आई)की सानीयाँ गाँधीको दबाबमा त्यही ‘रअ’ लाई प्रयोग गरेर नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लाध्ने काम भयो भने त्यसको वरकिलाप मोदी सरकार स्थापित हुन चहान्छ ।

अव देश बचाएर सम्पूर्ण समस्याहरुलाई सबै जातिका नेपालीहरुले साझा समस्याको रुपमा लिएर हिड्न राजाको उपस्थितिमा सबै पार्टी र बाहिरका देशभक्तहरुले बृहत सम्मेलनबाट राष्ट्रको रोडम्याप (मूलनीति) बनाएर हाम्रो मौलिक–सांस्कृतिक धरालतमा टेकेर राष्ट्र निर्माणमा सरिक हुन धर्मनिरपेक्ष र गणतन्त्र खोरज गरेर संविधानमा संवैधानिक राजतन्त्र तथा नेपाललाई हिन्दुअधिराज्यलाई यथावत राख्न अठोट गरेर अगाडि बढ्न संकल्पकृत हुन नैं निकासको बाटो हो । यसो भएमा सार्वभौम–नेपालमा कहिले पनि कोहीसँग झुकेर अपमानित भएर हिडनुपर्दैन ।
(लेखकका निजी विचार हुन् )

  • ३ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !