जथाभावी कर बढाए कांग्रेसले कारबाही गर्नेः देशभरीका निर्वाचित प्रतिनिधि काठमाडौं डाक्दै

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले आफूखुशी कर बढाए कारबाही गर्ने जनाएको छ । पार्टीले जारी गरेको निर्देशनमा भनिएको छ, जनतालाई मार्कामा पर्ने गरी कर बढाएमा पार्टीले कारबाही गर्ने भनिएको छ । उक्त निर्देशनमा यदि कर बढाएको भए तुरुन्त फिर्ता लिन पनि भनिएको छ ।

कांग्रेसले यही भदौ दोस्रो साता देशभरीबाट आफ्ना निर्वाचित प्रतिनिधिलाई डाकेरै निर्देशन दिने भएको छ । निर्वाचित अध्यक्ष, मेयर, उपमेयर तथा उपाध्यक्षलाई काठमाडौं बोलाएर निर्देशन दिने भएको छ ।

उसले जनतालाई रोजगारी, उद्यमशीलता तथा आर्थिक बृद्धिका लागि उचित कार्यक्रम ल्याउन पनि भनिएको छ । साथै, जनताप्रति उत्तरदायी बन्न र जनमुखी कार्यक्रम ल्याउन पनि निर्देशन दिएको छ ।

स्थानीय तहमा आफू खुशी जथाभावी कर लगाउन थालेपछि जनस्तरबाट बिरोध भएको छ । जन्म, मृत्यु, नागरिता सिफारिस लगायतका जनसरोकारका विष्नयमा पनि कर लगाएपछि स्थानीय मारमा परेका थिए । यतिमात्र नभई अछाम, कञ्चनपुर लगायतका स्थानमा पशु तथा कुखुरामा पनि कर लगाएपछि त्यसको देशव्यापी बिरोध भएको थियो ।

बिरोध भएपछि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले शनिबार नेपाली कांग्रेसले स्थानीय तहलाई निर्देशन दिने भनेका थिए । त्यसको लगत्तै आइतवार कांग्रेसले देशभरी कर घटाउन र भावी दिनमा पनि नबढाउन निर्देशन जारी गरेको छ ।

कांग्रेसको निर्देशनपछि नेकपा तथा मधेशावादी दलहरु कठीनाईमा परेका छन् । कांग्रेसले सबै जननिर्वाचित प्रतिनिधिलाई काठमाडौं डाकेर निर्देशन दिने भएपछि सरकारले यसलाई नजिकबाट नियाली रहेको बालुवाटार श्रोतले जनाएको छ ।

file photo

  • ३ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !