भ्रष्ट्राचारीमाथि कडा कारबाहीको माग : नेता नेपाल

आजभोलि

रौतहट । पुुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भ्रष्ट्राचारीे भ्रष्टचारी कारबाईको दायरामा ल्याउने बताएका छन । गौर राईस मिलको सभाकक्षमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई संम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।

सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार र २ नम्बर प्रदेशमा राजपाको सरकार भएको बताउदै उनले सब भन्दा बढी भ्रष्टचार २ नम्बर प्रदेशमा भईरहेको बताए ।

प्रत्येक स्थानिय तहमा विकास निर्माणको लागी सरकारले १९ देखि ३५ करोड सम्मको बजेट बिनियोजन गरेको अवस्थामा २ नम्बर प्रदेशका केही जिल्लामा मात्र २ देखि४ करोड खर्चेर बाँकी रकम जन प्रतिनिधिले कुुम्लाएको नेता नेपालले आरोप लगाएका हुन ।

प्रदेशको अवस्था बारे आफुले राजपाका उपेन्द्र यादवलाई यसै मञ्च बाट सचेत गराउन चाहन्छुु भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता नेपालले बेलामै सचेत भएका २ नम्बर प्रदेश बिकासमय हुन्छ नत्र राजपा हिलोमा खस्ने अवस्था आउने छ भने ।

देशलाई समृद्ध बनाएर विकासको लहर ल्याउने पार्टी एकमात्र नेकपा रहेको जिकिर गर्र्दै उनले स्थानिय तहको निर्वाचनमा नेकपालाई मत न दिने मतदाताहरु अहिले पछुतोमा रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि पुुर्व मन्त्री एवं संघिय सांसद प्रभुु साहले देशमा विकासको बिगुलको सुुभारम्भ तराई बाटै हुने बताए ।

समृद्ध नेपाल र सुुखी नेपालीको परिकल्पना अनुसार नेकपाको सरकारले विकासको लहर प्रदेश २ बाटै सुुरुगर्नेमा प्रतिवद्धता जनाएका थिए ।

मधेश र मधेशीको हक हितमा लाग्ने एकमात्र दल नेकपा भएको र २ नम्बर प्रदेशमा प्रतिकृयाबादीको पकड रहेको गुनासो पोखेका हुन ।
जिल्लाको समग्र विकास बारे चर्चा गर्दै उनले रौतहटको विकासको निमित सरकारले बिषेश योजना ल्याउने तयारीमा रहेको जानकारी गराएका थिए ।

  • ३ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !