प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना

आजभोलि

प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक शुभकामना प्रकट गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । उहाँले बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

‘‘संस्कृति, जात जाति, भेषभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछु,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘एकता र सहकार्यको उच्चतम अभ्यासबाटै हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रि लक्ष्य पूरा गर्नेछौं भन्ने कुरामा म विश्वस्त छु ।’’

  • ५ भाद्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !