रौतहटमा स्वीकृति बिना विद्यालय संचालनः स्थानीय सरकार गैर जिम्मेवार बन्दै

आजभोलि

रौतहट । रौतहटमा अधिकाँश विद्यालय अनुमति विना नै सचालन भएका छन् । निजी विद्यालयलाई स्थानीय तहले अनुगमन नगरेको कारण अनुमति विना नै संचालन हुँदै आएको छ ।

गौर नगरपालिका भित्रमा करिब एक दर्जन निजि विद्यालय अनुमति विना नै सचालन रहेको एक जना निजी विद्यालय संचालनकर्ताले बताए । निजी विद्यालयले प्राथमिक तहको अनुमति भए पनि आधारभुत विद्यालय सम्मको कक्षा संचालन गर्दै आएको छ ।

आधारभूत विद्यालयको अनुमति भएका विद्यालयले माध्यमिक तह सम्म संचालन गर्दै आएको छ । अनुमति नलिएका निजी विद्यालयले किर्ते कागजात बनाई सञ्चालन गर्दै आएको समाचार स्रोतले बताएको छ ।

मापदण्ड पूरा नगरेको, अनुमति नलिएको, विद्यालय सञ्चालनका लागि कुनै पनि कागजात नभएको विद्यालय कक्षा अपग्रेडका लागि सम्बन्धीत नगरपालिकामा आवेदन दिनु पर्ने प्रावधान रहे पनि जिल्लामा त्यसो हुन सकेको छैन् ।

फर्जी विद्यालय बन्द गर्ने भन्दै गौर नगरपालिकाले केही समय पहिला पत्र नै काटेको थियो ।

  • ६ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !