मलेसियाका प्रधानमन्त्री महाथिरको साहसिक कदम: चिनियाँ लगानीका ३ ठूला परियोजना रद्द

आजभोलि

एजेन्सि । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमद्ले चिनियाँ लगानीका तीन ठूला परियोजना रद्द गरेको छ । मेलसिया आर्थिकमन्दीमा फसेपछि उसले चीनको लगानीमा रहेको तीन परियोजना रद्द गरिने जनाएको छ । ऋण तिर्न कठीनाई हुने भन्दै प्रधानमन्त्रीले चीन भ्रमणताका तिनियाँ प्रतिनिधिलाई समेत जानकारी दिएको श्रोतले बताएको छ । मलेसियामाथि यस्तो ऋण रकम २५० अर्ब अमेरिकी डलर पुगिसकेको छ।

रद्द हुने भनिएका परियोजनाहरुमामलेसियाको पूर्वी तटबाट दक्षिणी थाइल्यान्ड र क्वालालम्पुर जोड्ने रेलमार्ग तथा दुईवटा ग्यास पाइपलाइन निर्माण रहेका छन्। प्रधानमन्त्री महाथिरले भने ‘हामीले ऋण लिएर पूर्वी तटीय रेलमार्ग किन निर्माण गर्न सकिन्न भनेर चिनियाँ नेतृत्वलाई जानकारी दिएका छौं,’ चीनको पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री महाथिरले मंगलबार संवाददाताहरूसँग भने, ‘प्रश्न नै यति ठूलो रकमको हो, यो हामी तिर्न सक्दैनौं र हामीलाई तत्कालै यी परियोजनाको आवश्यकता पनि छैन। अहिलेको मुख्य समस्या नै हाम्रो वित्तीय घाटालाई कसरी समाधान गर्ने भन्ने हो।’

चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगको भेटवार्तापछि महाथिरले‘नयाँ स्वरूपको औपनिवेशवाद स्वीकार्य नहुने’ बताउँदै आएका छन्। उनको विचारमा खुला स्वतन्त्र व्यापारको नाममा ठूला, धनी मुलुकसँग गरिब राष्ट्रले प्रतिस्पर्धा गर्छु भन्नु मुर्खता मात्र हो ।

करिब २० अर्बको रेल परियोजनाको निर्माणको जिम्मा चीनको सबैभन्दा ठूलो इन्जिनियरिङ कम्पनी चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ र यस परियोजनाका लागि सबैजसो रकम ऋणस्वरुप एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइनाबाट लिइनेछ।

मलेसियाको अर्थ मन्त्रालयका अनुसार, दुईवटा ग्यास पाइपलाइन निर्माण परियोजनाका लागि जुलाईमा ८८ प्रतिशत रकम अर्थात् २ अर्ब ३२ करोड अमेरिकी डलर चिनियाँ ठेकेदार कम्पनीलाई भुक्तानी गरिसकिएको छ। यो परियोजनामा हालसम्म १३ प्रतिशतमात्र काम भएको तर भुक्तानी ज्यादै भएपछि आलोचना हुँदै आइरहेको थियो ।

  • ६ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या