चितवनमा २८ जना बिरामीमा स्वाइन फ्लु देखियो

आजभोलि

भरतपुर । चितवनमा स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका हुन् । इन्फ्लुयन्जा ए (एच वान एन वान)किटाणु भेटिएको छ ।

“गत साउन १ गतेबाट भदौ ४ गतेसम्म कलेजमा गरिएको १०२ नमूना परीक्षणमा २८ जनामा स्वाइन फ्लुको किटाणु देखियो”, कलेजका प्रयोगशाला प्रमुख डा। सन्जय यादवले भन्नुभयो ।

यो रोग लागेपछि रुघा, खोकी, ज्वरो, शरीर दुख्ने जस्ता लक्षण बिरामीमा देखिन्छन् । बिरामीको सामान्य अवस्थामा त केही हँुदैन तर पनि कतिपयलाई जटिल अवस्था भएमा निमोनिया हँुदै ‘मल्टि अर्गान फेलर’ अर्थात् शरीरका अङ्गले काम नगरेर मानिस मर्नेसम्म हुन्छ । तर चितवनमा यो रोगले मानिसको ज्यान लिएको छ वा छैन भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन । चितवन मेडिकल कलेजमा अहिले पनि यो रोगबाट जटिल अवस्था भएका सात ÷आठ जना बिरामीले आईसीयूमा उपचार गराइरहेका छन् ।

जिल्लाको एक मात्रै सरकारी अस्पताल भरतपुर अस्पतालमा यो रोगका लागि परीक्षण गर्न विशेष युनिट नै स्थापना भएको छ । अस्पतालका रिसर्च टेक्नोलोजिष्ट जेसी राना मेडिकल कलेजका विरामी योे सूचीमा नआएको बताउनुहुन्छ ।

“सरकारी अस्पतालमा भदौको पहिलो पाँच दिनमै ५२ वटा गरिएको नमुना परीक्षणमा इन्फ्लूयन्जा ए का बिरामी १३ जनामा देखिएको छ”, रानाले भन्नुभयो ।

इन्फ्लूयन्जा ए भित्र एच वान एन वान पनि पर्छ । यसको आधिकारिक पुष्ट्याइ भने काठमाडाँैमा थप परीक्षण पछि मात्रै भन्न सकिने रानाले बताउनुभयो ।

“थप परीक्षण गरी एच वान एन वान हो वा होइन भनेर स्पष्ट गर्न काठमाडौँ पठाइएको छ । यसको केही दिनमा रिपोर्ट आएपछि मात्रै यसै भन्न सकिन्छ”, उहाँले भन्नुभयो ।

“अहिले नै महामारी भयो भनेर डराउनु पर्दैन तर पनि सर्तक भने रहनुपर्छ ”, उहाँले भन्नुभयो । चितवन मेडिकल कलेजका चिकित्सकहरू भने इन्फ्लुयन्जा ए ९एच वान एन वान०को सङ्क्रमण चितवनमा जटिल वन्दै गएको जिकिर गरे ।

  • ७ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !