महेन्द्रनगरमा प्रर्दशनकारीमाथि गोली चल्दा ४ जना घाइतेः समान्य अवस्थामा गोली चलाएको आन्दोलनकारीको आरोप

आजभोलि

महेन्द्रनगर । निर्माला पन्तको हत्याको विषयलाई लिएर भइरहको आन्दोलनमाथि प्रहरीले गोली चलाएको छ । गोली लागेर चार जना आन्दोलनकारी घाइते भएका छन् । गोली टाउको र खुट्टामा लागेको आन्दोलनकारीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रहरी दमन गर्ने बाहानमा गोली चलाएको दाबी गरेका छन् ।

प्रत्यक्षदर्शिका अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडी दर्जनौंराउण्ड गोली चलाएको छ । घाईतेको संख्या अझै बढी हुन सक्ने बताइको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्यास मात्रै हानीएको दावी गरेका छन ।

भीमदत्तनगर बजार, भाँसि, सुडा, लालपुर, सिसैया, दैजी र चम्फापुर लगायत क्षेत्रमा प्रदर्शनकारीहरुले सडक र बजार क्षेत्रका ठाउ ठाउमा टायर बालेर प्रदर्शन गरि रहेका छन । भीमदत्तनगर र बेदकोट नगरपालीका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीहरुले बन्द गराएका छन । स्वस्फुत रुपमा ठुलो संख्यामा विद्यालयका विद्यार्थी समेत सडकम उत्रिएका छन ।

जिल्ला सदरमुकाम भीमदत्तनगर बाट सञ्चालन हुने यातायात सेवा समेत पूर्ण रुपमा ठप्प रहेको छ । अपृय घटना हुन नदिन ठाउ ठाउमा ठुलो संख्यामा शुरक्षाकर्मीलाई खटाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बेदकोट नगरपालीका, भीमदत्तनगरपालीका र जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनकारीहरु चर्को नारा बाजी गरिरहेका छन । प्रहरीको दमनपछि जिल्लाभरी आन्दोलनकारीले सडक जाम पारेर टायर बलेका छन् । आक्रोसित आन्दोलनकारीले प्रहरीले पन्त हत्याकाण्डलाई ढाकछोप गरेको आरोप लगाउँदै आएका छन् ।

Photo: Facebook

  • ७ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !