अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रियामा सफलता

आजभोलि

काठमाडौं । मुटुरोग विशेषज्ञ उपप्रध्यापक डा.अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ। रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया (३७ हप्ताकी गर्भवती महिला) प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया शुक्रबार सम्पन्न भएको हो।

मुटुको शल्यक्रियापछि प्रमिला छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शल्यक्रियाको नेतृत्व गरेका डा. भट्टराइले जानकारी दिए। अर्याललाई टाइप अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो। यो दुर्लभ रोग हो। यो रोग लागेपछि विरामी बाँच्ने सम्भवना अत्यन्तै न्यून हुन्छ। तर मनमोहनको यो वर्षको इतिहासमा पहिलो पटक हो यस्तो रोग लागेका विरामीको सफल शल्यक्रिया भएको डा.भट्टराईले जानकारी दिए। उनले भने, ‘बच्चा जन्मिँदा बेहोस थियो। तीन घण्टापछि उसको होस आएको छ।

अहिले आमालाई पनि अहिले भेन्टिलेटरबाट छुट्याएर आइसियूमा सारिएको छ।आमा बच्चा दुवै बचाउन सफल भएकोमा खुशी व्यक्त गर्दै डा. भट्टराईले भने, ‘मेरो करिअरको १३ वर्षको इतिहासमा यस्तो दुर्लभ रोग लागेका विरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा खुशी लागेको छ। मेरो टिमलाई धन्यवाद भन्न चाहन्छु।

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठले पनि यस्तो दुर्लभ रोग लागेको विरामीको आफ्नो सेन्टर यसका डाक्टरहरूले सफल शल्यक्रिया सम्पन्न गरेर आमा छोरा बचाउन सफल भएकोमा खुशी व्यक्त गरे। डा.श्रेष्ठले भने, ‘ टिमप्रति आभारी छु। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा.प्रभात खकुरेल, डा. रवि बराल डा. निकेश भण्डारी सहभागी थिए। त्यस्तै एनस्थेसिया टिममा डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला डा.अर्जुन गुरुङ सहभागी रहेका थिए।

गाइनोकोलोजीमा भने डा. ज्योति शर्मा, डा. बेखा लक्ष्मी मानन्धर, डा. सुनिती रावल, डा. सुनिता बज्राचार्य डा. सुभाना माष्के सहभागी रहेका थिए। त्यस्तै बाल रोग विशेषज्ञमा भने डा. प्रदीप पौडेल डा. कविता मानन्धर उपचारमा संलग्न थिए। परफ्युजन टिममा महेन्द्र भट्ट, पूर्ण मोक्तान रविन्द्र शाह संलग्न थिए। नर्सिङ स्टाफहरूमा जया शर्मा, अर्चना गुरुङ, योजना रेग्मी, सरिता त्रिपाठी, लक्ष्मी योञ्जन, रुची शाह रबिना मानन्धर थिए। डा. भट्टराई सामाजिक सेवामासमेत सक्रिय छन्। डा. भट्टराईका पहलमा अहिलेसम्म ९० भन्दा बढी असहाय, गरिब तथा दुर्गमका मुटुरोगीका विरामीको निःशुल्क मुटुको शल्यक्रिया गरिसकेका छन्।

डा. भट्टराईले रुकुम, रोल्पा, कालिकोट, पर्वत, पाल्पालगायत ४० भन्दा जिल्लामा आफ्नो नेतृत्वमा निःशुल्क मुटु शिविर लिएर गएका छन्। शिविरको क्रममा भेटिएका गम्भीर प्रकृतिका मुटुरोगीलाई आफ्नो पहलमा काठमाडौं ल्याई सफल उपचार गराएर घर पठाएका छन्। उनलेसेभ हार्टनामक सामाजिक संस्थामार्फत यस्तो कार्य गरिरहेका छन्।

  • ८ भाद्र २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !