स्नाकत्तोर पास गरेका युवा कुखुरापालनमाः महिनाकै लाख कमाई

आजभोलि

नेपालगञ्ज । स्नातकोत्तर गरेर करिब ११ वर्ष विभिन्न ठाउँमा जागिरको अनुभव लिएर हाल कुखुरापालन गरिरहनुभएकी बाँके जानकी गाउँपालिका–२ निवासी गीता मौर्य जिल्लामै नमुना कुखुरापालक बन्न सफल हुनुभएको छ ।

दुईवटा विषयमा स्नातकोत्तर पास गर्नुभएकी मौर्यले सञ्चालन गर्नुभएको कुखुरा फार्म जिल्लाकै उत्कृष्ट बनेको छ । सुरुमा केही समस्या आए पनि अहिले अण्डा र कुखुरा बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । नेपालगञ्जको बीपी चोकबाट करिब नौ किलोमिटर पूर्व गीताको कुखुरा फार्म छ । करिब एक बिघा जग्गामा दुई वटा छुट्टा–छुट्टै फार्ममा छ हजार कुखरा राखिएको छ । तीन हजार कुखुरा हुर्कदैछन् भने तीन हजार कुखुराले अण्डा दिन सुरु गरिसकेका छन् ।

समय र मौसम अनुकूल औषधि खुवाउने, कुखुराको जाँच गर्ने सबै काम गीताले आफै गर्नुहुन्छ । सुरुमा उहाँलाई कुखुरापालनको सोच थिएन । जागिरको क्रममा दक्षिण अमेरिका पुग्दा उहाँले त्यहाँ कुखुरापालन व्यवसायबाट राम्रो फाइदा हुन्छ भन्ने थाहा पाउनुभयो ।

तीन वर्ष त्यहाँ बस्दा उहाँले कुखुराको स्याहार गर्ने तरिका, बिरामी हुँदा उपचार गर्ने विधि, रोगका लक्षणलगायत धेरै कुरा सिक्ने अवसर प्राप्त गर्नुभयो । तीन वर्षपछि नेपाल फर्केर आमा बुबासँग सल्लाह गरी पोल्ट्री फार्म दर्ता गराउनुभयो ।

सुरुमा परिवारले २० कट्ठा जमिनलाई बैङ्कमा राखेर ऋण उपलब्ध गराइदिए । विदेशमा सिकेको ज्ञान र सीपले सहयोग गरे पनि कतिपय आवश्यक सामग्री, उपकरण उपलब्ध नहुँदा गीताले सुरुका दिनमा निकै सङ्घर्ष गर्नुप¥यो ।

चल्ला नहुर्किंदासम्म कति दिन खाना समेत खान फुर्सद नभएको स्मरण गर्दै गीताले मिहिनेत गर्दै जाँदा सफल भएको बताउनुभयो ।  गीताको फार्ममा अहिले छ हजार कुखुरा बेच्नका लागि तयारी अवस्थामा छन् । तीन हजारले अण्डा पार्छन् भने तीन हजार कुखुरा तयार छन् । एक दिनमा करिब २६ सय कुखुराले अण्डा पार्छन् । गीताले ग्राहकलाई फार्मबाटै प्रतिअण्डा आठ रुपियाँ ५० पैसामा बिक्री गर्नुहुन्छ । यसरी अण्डाबाट मात्रै महिनामा ५० देखि ६० हजारसम्म कमाइ हुन्छ भने कुखुरा बेचेर महिनामा ५० हजारभन्दा बढी आम्दानी हुन्छ ।

मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेकोले अहिले आफू निकै सन्तुष्ट रहेको गीताको भनाइ छ । अझै धेरै फार्म खोलेर ठाउँठाउँमा कुखुराको अण्डा र मासु उत्पादन गरी देशमा मात्रै होइन विदेशमा समेत निर्यात गर्ने उहाँको सोच छ । एउटा सफल महिला व्यवसायी भएर अरुलाई पनि आत्मनिर्भर बनाउने र पढेर जागिर मात्रै गर्नुपर्छ भन्ने सोच हटाउँदै स्वदेशमै बसेर केही गर्ने प्रेरणा दिने मन रहेको गीताको भनाइ छ ।

पढेलेखेकाले सरकारी जागिर र एनजीओ, आईएनजीओमा मात्रै काम गर्ने प्रवृत्ति हटाउनुपर्छ, उहाँले भन्नुभयो, काम सानो र ठूलो हुँदैन तर सोच सधै सकारात्मक राखेर अघि बढेमा अवश्य सफल भइन्छ ।

मधेसी समुदायकी गीतालाई शिक्षा, चेतनासँगै आत्मविश्वासले अघि बढ्न प्रेरित ग¥यो । उहाँका आमाबुवाले आफ्ना छोराछोरीमा कुनै विभेद गरेनन् । तीन दिदीबहिनी र एक दाजुसँगै लेखपढ गरेर गीता अहिले सफल व्यवसायी बन्नुभएको छ । उहाँको प्रगति देखेर परिवार र छिमेकी दङ्ग छन् ।

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !