बिमिष्टेक शिखर सम्मेलनको पूर्ण तयारी

आजभोलि

काठमाडौ । काठमाडौंमा हुने बिमिष्टेकको चौथौ शिखर सम्मेलनको तयारी पूरा भएको नेपाल सरकारले जनाएको छ । शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुनेछ । उक्त सम्मेलनमा ७ ओटा सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्मेलनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र सम्मेलनमा बिमिष्टेकका ७ वटै सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरुको सहभागिता हुने जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले सम्मेलनको क्रममा नेपालले मुख्य रुपमा यातायात र सम्पर्क सन्जालको विस्तार,आपसी व्यापार अभिवृद्धि लगायतका ५ वटा विषयहरुमा जोड दिने बताउनुभयो ।

सम्मेलनका लागि नेपालले बिमिष्टेकको संरचनामा सुधार र चार्टड निर्माणको विययलाई पनि अघि सारेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

शिखर सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री शेष हसिना वाजेद, भुुटानका अन्तरीम सरकारका प्रमुख ल्यान्पो छिरिड। वाडचुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला श्रिसेना,थाईलैण्डका प्रधानमन्त्री प्रायुत चान ओचा र नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिनुहुने छ ।

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !