डुंगा पल्टदा ३५ जना बेपत्ताः १२ जनाको उद्धार

आजभोलि

रौतहट । बकैया नदीमा डुंगा पल्टदा ३५ भन्दा बढी बेपत्ता, १२ जनाको सकुशल उद्धार रौतहट जिल्लाको गौर नगरपालिका र इसनाथ नगरपालिका बीचबाट बग्ने लालबकैया नदीमा डुंगा डुब्दा ३५ भन्दा बढी स्थानीय बेपत्ता भएका छन्। इसनाथ नगरपालिकाबाट गौर नगरपालिकातर्फ आउँदै गरेका स्थानीयहरुको डुङ्गा एक्कासी पल्टी डुब्न पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले बताउनुभयो।

साँझ ७ बजेतिर घटना घटेका कारण डुङ्गामा कति सवार थिए भन्ने कुरा थाहा पाउन नसकिएको तर खोजीकार्य जारीरहेको ढकालले बताए। डुङ्गामा डुबेका मध्ये १२ जनाको सकुशल उद्दार गरिएको र नजिकै भारतीय सिमाना रहेकाले सितामढी जिल्लाका एसपी विकास ब्रमणलाई समन्वय गरी उद्धारको लागि सहयोग गर्न आग्रह गरिएको एसपी ढकालले बताए। उद्धारकार्यमा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयहरु खटिएको एसपी ढकालले बताए।

File Photo

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या