काठमाडौं । नेपाल सरकारले निर्मला पन्तको परिवारलाई १० लाख रुपयाँ राहत दिने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
बालुवाटार बसेको मन्त्रीपरिषद् बैठकले हत्या भएकी कंचनपुर भीमदत्त नगरपालिका वडानम्बर २ कि निर्मला पन्तको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले सोही घटनाको विरोध तथा दोषिलाई कारवाहीको माग गर्दे शुक्रबार भएको प्रर्दशनमा प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनाका परिवारलाई पनि १० लाख रुपैया राहत उपलब्ध गराउने भएको छ ।