पहिलो विश्व संस्कृत दिवस नेपालमा सम्पन्नः संस्कृत भाषाको पुर्नउत्थानको लागि अभियान थालिने

आजभोलि

काठमाडौं । जनै पूर्णिमा तथा रक्षा बन्धनको सुअवसरमा आइतवार काठमाडौंमा पहिलो विश्व संस्कृत दिवस मनाएको छ । पहिलो पटक नेपालमा आयोजना गरिएको विश्व संस्कृत दिवसको अध्यक्षता जरो किलो प्रसतष्ठानका अध्यक्ष डा. निर्मलमणी अधिकारीले गरेको थिए । उक्त कार्यक्रम जरो किलो प्रतिष्ठान,नेपाल, त्रिभुवन विश्व विद्यालय संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागको आयोजनामा भएको थियो ।

कार्यक्रमको सञ्चालन त्रिचन्द्र क्याम्पस दर्शन विभागका प्राध्यापक डा. गोबिन्दशरण उपाध्यायले गर्नु भएको थियो । उपस्थित विद्वत्जन तथा महानुभावहरुको स्वागत विश्वभाषा क्याम्पस संस्कृत विभागका प्राध्यापक डा. सुबोध शुक्लले गर्नु भएको थियो ।कार्यक्रममा स्वस्तीवाचन पश्चात नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइराला द्धारा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो । तत्पश्चात् राष्ट्रिय गान गरी कार्यक्रमलाई अगाडि बढाइएको थियो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा.काशिनाथ न्यौपाने, जम्मु विश्वविद्यालयका प्राध्यापक डा. केदारनाथ शर्मा, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा.नारायण प्रसाद गौतम तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला लगायतका महानुभावहरुले आ–आफ्ना सारगर्भित मन्तव्यहरु दिनुभएको थियो ।

अन्तमा कार्यक्रमका सभाध्यक्ष डा।निर्मलमणिले सम्बोधन गर्दै प्राचिनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढदै गएको भएता पनि यसको उद्गम स्थल नेपालमा भने यसको त्यति धेरै विकास गर्न नसकिएको वर्तमान परिवेशलाई हामी सम्पुर्ण संंस्कृत प्रेमिहरुले नै यसको संरक्षण सम्वर्धन विकास गर्नु परेको छ । यस बखत यो कसले गर्ला भनेर मुखामुख गर्नु भन्दा पनि स्वक्रियात्मकताका यसको पुनरुत्थानकालागि अघि बढ्नु परेको छ । यसका लागि सम्पुर्ण व्यक्ति तथा संस्थाहरुको सहयोग अत्यन्त महत्वपुर्ण रहेको छ भन्ने उद्गारका साथ सभा विसर्जन गर्नु भएको थियो ।

विश्वसंस्कृतदिवस पहिलो पटक नेपालमा मनाएको थियो र जरो किलो प्रतिष्ठान नेपालले विश्वसंस्कृतदिवस लाई निरन्तरता दिने जरो किलो महाअभियानका सदस्य धिरेन्द्र चन्द सोडारीले जानकारी दिनु भयो ।

  • १० भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !