काठमाडौं बासीले मृत आफन्त सम्झिदै गाइजात्रा मनाए

आजभोलि

काठमाडौं । काठमाडौँ उपत्यकामा मृतक आफन्तको स्मृतिमा गाई स्वरुप झाँकी प्रदर्शन गरेर गाइजात्रा मनाइँदैछ ।  वि.सं. १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकूल रानीलाई हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन जात्रा शुरु गरिएको थियो ।

त्यस बेला बिफरले मरेकाको घरबाट आफ्नो दरवार हनुमानढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भउको इतिहासमा वर्णन गरिएको पाइन्छ । समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरुपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रुप धारण गरेको भनिन्छ । एक समय यो जात्रालाई निरङ्कुशता विरुद्ध व्यङ्ग्य गर्न पाइने र आफ्ना कुण्ठित भावनालाई उजागर गर्न पाइने समयका रूपमा पनि उपयोग भयो । हिजोआज पनि व्यङ्ग्य र प्रहशन प्रस्तुत गर्दै एकथरीले यो जात्रा मनाउँदै आएका छन् ।

त्यसबेला बिफरले मानिस मर्दा मानिसभन्दा गाई धेरै रहन गएकाले गाईलाई नै यात्रामा सहभागी गराउन राजा प्रताप मल्लले उपयुक्त ठानेका हुन् भन्ने पनि कतिपयको भनाइ छ । भक्तपुरमा पनि यो जात्रा उत्सवका रूपमा मनाइन्छ । बि।सं।१४३७ राजा जयस्थिति मल्लको पालामा यहाँ यो जात्रा चलाउन थालिएको वंशावलीमा उल्लेख छ । घिन्ताङ्घिसी नाच र चारकुने लठ्ठीमा गाईको चित्र राखेर प्रदर्शन गरिने तायमचाः यहाँको प्रसिद्ध सँस्कृति हो ।

भक्तपुर तलाको टोलका कुम्हालेले माटोको गाई बनाएर नगर परिक्रमा गर्ने गराउने चलन छ । ललितपुरमा यो जात्राको भोलिपल्ट मतयाः भनी दिवंगत आफन्तको स्मृतिमा द्वीप प्रदर्शन गरेर विभिन्न झाँकी प्रस्तुत गर्दै मनाउने प्रचलन छ ।

तत्कालीन राजा गुणकामदेवको पालदेखि यहाँ यो चलनको सुरुवात भएको गोपालराज वंशावलीमा छ । विशेष गरी नेवार समुदायले सापारु भनी यो जात्रा मनाउँदै आएका छन् । त्यस बेला काठमाडौँ उपत्यकामा नेवार समुदायको घना वसोवास भएकाले यो जात्रा यो समुदायबाटै चल्न थालेको भनाइ छ । देवपत्तनमा पनि तीनदिनसम्म यो जात्रा मनाइन्छ । यहाँ यो जात्राका दिन लाखे नाच समेत प्रस्तुत हुन्छ ।

हिजोआज यो जात्रा नेवार वस्ती भएका वा नभएका देशका विभिन्न भागमा पनि नाटक प्रहसन गरेर मनाउन थालिएको छ भने विदेशमा पनि नेपालीले यो जात्रा मनाउन थालेका छन् ।

  • ११ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !