मल अभावमा किसानः खान खेती प्रभावित

आजभोलि

मल अभावमा किसानः खान खेती प्रभावित

चितवन। अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् ।

चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतम बताए । तर साउनदेखिनै अनुदानित मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनियम सल्फेट चिनी मल खरीद गर्न बाध्य भएका प्रमुख गौतमको भनाइ छ ।

अनुदानित युरिया मलको मूल्य प्रतिबोरा रु ७६५ छ र तर गैर अनुदानित चिनीमल एक हजार ३०० माथि छ । मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा रु २५ घटाएर एक हजार ३३५ मा एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख वुद्धिविनोद दाहाल बताउनुहुन्छ ।

जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्नेगर्छ । तर दुवै स्थानमा मल सकिएपछि किसान समस्यामा छन् । जसका कारण मलको कालोबजारी हुनसक्ने आशङ्का बढेको छ ।

  • ११ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या