यस्तो छ, मार्सी धानको इतिहास

आजभोलि

प्रेम कैदी

देशमा हाल सामाजिक संजालमा चर्चामा रहेको जुम्लाको मार्सी धानमाथि श्री आचार्यले जनस्तरमा रहेको खुल्दुली मेटाउने प्रयत्नमा अलि हतारोमा पुस्तक तयार गरेकोले कतिपय कुरामा गहन अनुसन्धान हुनैपर्ने भए पनि लेखकले आफूले जानेको कुरा तत्काल सहजै लेखेर मार्सी धान बारेको जन उत्सुकतालाई मेट्ने काम गर्न पुगेका छन् । मार्सीमात्र होइन मानव उत्पत्ति अघि दैवी उत्पत्तिको क्षेत्रपनि कर्णाली नै भएकोले योगी नरहरिनाथले कर्णाली सभ्यतालाई जगतमा जेठो अर्थात जगत्जेष्ठ भन्नु भएको हो ।

मान्छेको उत्पत्तिसंगै भाषा लिपी संस्कृति र मान्छेले खाने खाद्यान्न तथा प्रयोग गर्ने जनावरदेखि अन्य सबै कुराको विकास कर्णाली कैलाशखण्ड मै भएको हो । त्यसैले सिद्ध चन्दनाथले १५औं शताब्दीमा मार्सी धानको बीउ कश्मीरबाट ल्याएको भन्ने कुरा उपयुक्त लाग्दैन । मार्सी जुम्ला साम्राज्यको आफ्नै उपज हो । इटालीको सजीवनका रुख कर्णालीको कालीकोटमा पाइए भने डोल्पामा जंगली स्याउ फलेको देखेर नै स्याउ खेती जुम्लामा हुन्छ भनी बेर्ना लगिएको हो ।

दुई हजार वर्ष अघिसम्म युरोप अमेरिकामा मान्छेहरू नाङ्गै थिए, आज पनि मरमसला हाली हातले खाना खान सक्दैनन् । कन्दमूल खाने, घाँस चर्नेहरूले हातले कसरी खाने रु कर्णालीमा अत्यधिक पाइने किमु मै रेशम किरा बढ्छ फैलन्छ र उसले रेशमको धागो बन्ने रशायन बनाउँछ र त्यही रेशम पूर्वबाट पश्चिम लगिने बाटो नै रेशम मार्ग थियो । यसैले कर्णालीका देवी देउताका तस्वीर कहिल्यै युरोपेली देवी देउता जस्ता नांगा हुँदैनन् ।

यसरी नै अनेक थरि मौलिक पक्वान नै जुम्लीहरूका आफ्ना मौलिक खाद्यान्नका रुपमा रहेका छन् । जहाँसम्म मार्सीको कुरा छ, त्यसलाई जुम्लाकै मौलिक उपज हो भन्ने निस्कर्षमा रास्कोटको बांग्री जिउलाको कथाले मात्र होइन म त्यसको आहार विहारका हिसाबले पनि प्रमाणित गर्न सकिने देख्छु ।

जुम्लामा कसौडीमा पकाए, त्यो भात हुन्छ र त्यसलाई चरेश ९कासो० को थालमा खाइन्छ । दूधमा पकाए खीर हुन्छ र त्यो थाल वा अन्य पातमा खान सकिन्न, खाए मर्यादा रहँदैन, त्यसलाई सिल्पाडी ९पाखन वेद० को पातमा खानुपर्छ । चामल पिसेर महमा गुथेको लाडु मालुपातमा मात्र राखिन्छ । भात थाल छैन भने केरा वा केलडीको पातमा पनि खान सकिन्छ । यस्तो व्यवस्था न त कश्मीरमा छ, न हिमाचल वा पूर्वी नेपालमा मार्सीका परिकारको उपयुक्त सेवन विधि जुम्लीहरू बाहेक कसैलाई आएको मेरो जानकारीमा छैन । मार्सीको महत्व श्री ३ जुद्ध शंशेरलाई थाहा थियो, जुम्लाबाट उनका नाममा दैनिक १ माना हुलाक मार्फत चामल आएर उनी त्यही खान्थे । स्वाद पनि लिने, हुलाक पनि दैनिक चलेको थाहा हुने रु

यसै कारणले मैले जुम्लाको मार्सी जुम्ला कै मौलिक उपज मान्दछु र चन्दननाथ होइन उनका गुरु श्री दत्तात्रयको समयमात्र होइन देवदिदेव महादेव कै समयदेखि नै यसको उत्पादन भएको हुनुपर्छ । फेरि सिद्ध चन्दननाथ मात्र होइन ब्रह्मा विष्णु महेश्वर, नवनाथ चौराशी सिद्ध, ३३ कोटी देवी देउता र ८८ हजार ऋषिमुनिहरूको जन्म र कृडास्थल कर्णाली नै हो । कर्णालीबाटै सम्पूर्ण श्रृष्टिको सुरुवात भएको देखिन्छ । सृष्टि मुन्धुम ९श्रृष्टिको भूगोल० तथा वेद कर्णाली कै उपज हुन । हाम्रो इतिहासलाई बंग्याउने औपनिशिक तत्वले मार्सीलाई बाहिरबाट आएको गलत प्रचार गरेको देखिन्छ ।

मार्सी जुम्ला कै मौलिक उत्पादन हो, यसलाई विदेशीहरूले आफ्नो नाममा ट्रेड मार्क मार्क लिने प्रयत्न गर्दैछन् । त्यसलाई समयमै कर्णालीबासीले चनाखो भै आफ्नो मौलिकता बचाउने काम तत्काल गर्नुपर्दछ । यस कार्यमा पूर्णप्रसाद आचार्यको केही न केही विवाद उत्पन्न गरी मार्सी संरक्षणमा सबैको ध्यानाकर्षण गराउने काम अति प्रशंसनीय छ । म श्री आचार्यको सम्पूर्ण सफलताको कामना गर्दछु ।


पत्रकार, गीतकार, कलाकार तथा युवा बुद्धिजीवी, प्रजातन्त्र प्राप्तिमा लामो संघर्षशील योगदान गर्दै आएका कर्णालीका युवा नेता पूर्णप्रसाद आचार्य कर्णाली सभ्यता कै कुनै समय मूल केन्द्र रहेको सिंजा दरबारमा राजाका मन्त्रीहरूमा बाह्रथानी, बाह्रथरी मध्येका सम्मानित थानी परिवारसंग सम्बन्धित व्यक्तित्व हुन् । संगीत, कला र अन्य धेरै क्षेत्रमा दशकौं अनेक सफल कार्यक्रम संयोजन सम्पादन गरि आफ्नो मौलिक पहिचान बनाएका श्री आचार्य जुनसुकै विषयको पनि अन्तर्यमा प्रवेश गरी त्यसको सम्पूर्ण नालीबेली प्रस्तुत गर्न खप्पिस हुँदै आएका छन् ।


  • ११ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !