धनगढी । ७ नम्बर प्रदेश सरकारले निर्मला पन्त र सन्नी खुनाको परिवारलाई ५ लाख दिने घोषणा गरेको छ । बलतात्कारपछि हत्या गरिएको निर्मला पन्तको परिवार र आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाको परिवारलाइई राहत दिने निर्णय गरेको छ ।
घटना घटेको ३ हप्ता वित्दा पनि मौन रहेको प्रदेश सरकारको कडा आलोचना भइरहेको थियो । कुनै चासो लिएको तथा घाइतेको उपचारमा ध्यान नदिएको भन्दै स्थानीय आक्रोसित भएका थिए ।
यसअघि प्रदेश सरकारले घाइतेहरुको खर्च प्रदेश सरकाररले उपलब्ध गराउने घोषणा गरेको गियो । साथै प्रदेश सरकारले माया विकको परिवारलाई पनि ५ लाख रुपयाँ दिने निर्णय गरेको छ ।