म्यानमारका राष्ट्रपति सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी

आजभोलि

म्यानमारका राष्ट्रपति विन माइन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी गएका छन । उनी विमस्टेक सम्मेलन हुनु भन्दा एक दिन अघि नै नेपाल आएका छन् । श्रोतका अनुसार लुम्बिनी भ्रमण ब्यक्तिगत भएको जनाएका छन् । राष्ट्रपतिको स्वागतका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लुम्बिनी आएका छन्।

३६ जनाको टोलीसहित काठमाडौंबाट चार्टर प्लेनमा भैरहवा विमानस्थलमा आएका राष्ट्रपति विमानस्थलबाट हेलिकप्टरमार्फत लुम्बिनी पुगेका हुन्। हेलिकप्टरमा उनी सहित १६ जना लुम्बिनी आएका हुन्।

लुम्बिनी पुगेपछि पहिले राष्ट्रपति मायादेवी मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि राष्ट्रपतिले त्यहाँ पूजाआजा गर्ने छन्। मन्दिर परिसरमा उनलाई लुम्बिनीबारे बिफ्रङ गर्ने कार्यक्रम समेत रहेको छ। त्यसपछि उनी पण्डिताराम ध्यानकेन्द्रमा गएर पूजआजा गर्ने र केही समय ध्यान गरेर फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

  • १३ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या