संचारकर्मी खड्का ५ दिनदेखि सम्पर्कबिहीन : खोजी कार्य जारी

आजभोलि

कैलाली । सञ्चारकर्मी तेजवहादुर खड्का ५ दिनदेखि वेपत्ता भएका छन् । यसअघि रेडियो नेपालका चर्चित कार्यक्रम प्रस्तोता तथा हाल वाजुराको एक रेडियोमा कार्यरत खड्का वाजुराको वुढीनन्दा तिर्थयात्रावाट फर्किने वेला वेपत्ता भएका हुन् । समूहमा तीर्थयात्रा गएर फर्कने क्रममा पानी खाने ठाउँमा सामान छुटेपछि फर्केर लिन गएका खड्का त्यसपछि फर्केर भेट नहुँदा सम्पर्क विहीन भएका हुन् ।

पाँच दिनदेखि सम्पर्कमा नरहेका खड्काको खोजीका लागि बाजुराको मार्तडीबाट नेपाल प्रहरी र सेनाको टोली खोजीको लागि आज हिडेको छ । हिजो पठाएको टोली विच वाटोवाटै फर्किएपछि आज अर्को टोली पठाईएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिए ।
नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष रहेका खड्काको खोजीका लागि हेलिकप्टर जान नसकिने अवस्था रहेको छ । मौसम उचाईका कारण हेलिकप्टरवाट खोजी गर्न नसकिने भएकोले पैदलयात्रावाट टोली पठाईएको अध्यक्ष सिंहले वताए ।

हाल वाजुराको रेडियो वुढीनन्दामा कार्यरत खड्काले यसअघि २०५५ सालदेखि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र दिपायल र त्यसपछि केन्द्रीय प्रसारण केन्द्र काठमाडौँमा पनि काम गरेका थिए । रेडियो नेपालमा रहँदा उनको ‘देउडा गीतको सेरोफेरो’ र गीति कथाको कार्यक्रम निकै लोकप्रिय रहेको थियो ।

  • १३ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !