चाथौं बिमस्टेक ‘समिट’ काठमाडौंमा शुरुः यस्तो छ कार्यक्रम तालिम

आजभोलि

चाथौं बिमस्टेक ‘समिट’ काठमाडौंमा शुरुः यस्तो छ कार्यक्रम तालिम

काठमाडौं । चौथो बिमस्टेक समिट २०१८ बिहीबारबाट काठमाडौंमा शुरु भएकोछ । ६ ओटै राष्ट्रप्रमुख तथा सरकार प्रमुख काठमाडौं आइपुगेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली एक भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अपरान्ह ३ बजे सोल्टी होटलमा हुनेछ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा बिम्स्टेकका सात देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहने छ ।

नेपाल आइपुग्नु हुने राष्ट्र तथा सरकार प्रमुखहरूले बिहीबार नै राष्ट्रपति विद्यादेबी भण्डारीसँग सामूहिक रुपमा भेट गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले उहाँहरूको स्वागतमा राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार दिवाभोजको आयोजना गर्दै हुनुहुन्छ ।

सम्मेलनको औपचारिक उद्घाटन ताहाचलस्थित सोल्टी होटलमा बिहीबार दिनको ३ बजे गरिने कार्यक्रम तय गरिएको छ । बैठकमा सदस्य राष्ट्रका सरकार प्रमुखहरुले पनि सम्बोधन गर्नुहुनेछ ।

बिहीबार साँझ प्रधानमन्त्री ओली पाहुनाको स्वागतमा होटल हायातमा रात्रिभोजको आयोजना गर्नुहुने छ । त्यस अवसरमा सदस्य राष्ट्रका कलाकारहरूले साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

नेपालमा रहँदा केही सदस्य राष्ट्रका सरकार प्रमुख र नेपाल सरकारबीच विभिन्न विषयमा द्विपक्षीय भेटवार्ता समेत हुने कार्यक्रम तय भएको छ ।

  • १४ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !