ज्यानमारा भट्टा बचाउँन भएका सँठगाँठ र भतेरको विरोध

आजभोलि

दिनेश घिमिरे । काभ्रे जिल्लामा संचालित मापदण्ड विपरितका ईटा उद्योग र प्लाई खारखाना हटाउन पाँचखालका जनप्रतिनीधिहरुले आलटाल गरेसँगै पाँचखाल वातावरण बचाउँ अभियानले यसको जोडदार विरोध गरेको छ ।

पाँचखालमा संचालित ७ वटा ईटा उद्योग र प्लाई खारखानका कारण बसिनसक्नु भएसँगै अभियान मार्फत पाँचखाल वातावरण बचाउ अभियानले आन्दोलन गर्दै आइरहेको छ । विरोध संचालन गरिरहेका अभियानका अध्यक्ष सूर्य वहादुर भेटवालले मन्त्री परिषद्को निर्णयबाटै अवैध र मापदण्ड भित्र नपरेका ईटा भट्टा हटाउन निर्णय भइसक्दा समेत पाँचखालका जनप्रतिनीधिहरुले सरकारी निर्णयलाई टेरपुच्छर नलगाएको भन्दै विरोध गरेका हुन् ।

पाँचखालमा संचालित अधिंकाश ईटा उद्योगहरु बस्तीका बीचमा छन् भने कतिपय ईटा उद्योग विद्यालय भवनसँगै समेत जोडिएका छन् । धार्मिक तथा ऐतिहासिक क्षेत्र रानिपोखरीको समेत दोहन गरेर ईटा भट्टाहरु संचालित भएका छन् । अधिंकाश भट्टा जंगल क्षेत्रमै जोडिएका छन् ।

भट्टाका कारण भूमिगत पानीको दोहन हुँदा यत्तिखेर पाँचखालका अधिकाश कुवा र पधेराहरु सुकिरहेका छन् । भट्टाका कारण केही समय अघि पाँचखालमा कालो न कालो बर्षा भएको थियो भने भट्टाकै धुँवाको कारण पाँचखालका तरकारीहरु समेत कालो न कालो हुँदा कालिमाटी तथा बल्खु तरकारी बजारबाट फर्काइएको स्थानिय चेतनाथ दंगालले बताए । हामी मर्दै बाँचिरहेका छौ तर जनप्रतीनीधिहरु भोज भतेरमा रमाई रहेका फोटाहरु फेसबुकमा आइरहेका छन् अनि हामीले कस्को विश्वास गर्नु स्थानिय कल्याण रायमाझीले बताए । पाँचखालमा संचालित भट्टाकै धुँवाको असरका कारण श्रीराम पाटी आशपासका क्षेत्रमा स्थानियहरुले लुगा समेत सुकाउन नसकेको स्थानियवाशी महेश ढकालले बताए ।

उनका अनुशार मध्य घाममा सुकाईएको सेतो लुगा सुकिसक्दा कालो न कालो हुने गरेको छ । भट्टाको धुँवाको कारण झ्याल ढोका खोलेर समेत बस्न नसकेको अर्का एक स्थानियले बताए । हामी त निसासिएरै भर्ने भयौं,हाम्रो पीडा कस्ले सुनिदिने स्थानिय हरि मैनालीले बताए । त्यसोत काभ्रे पलाञ्चोक कै नमोवुद्घ नगरपालिकामा समेत मापदण्ड विपरितका भट्टाहरु संचालनमा आइरहेका छन् ।

नमोवुद्घ नगरपालिकाका अध्यक्ष टिपि शर्मा तिमल्सिनाले सरकार समक्ष भट्टाहरु नविकरण नगरिदिन गरेको अनुरोधलाई सरकारले स्विकार गर्दै भट्टा नविकरण गर्नका लागि अनिर्वाय रुपमा नगरपालिकाको निर्णय आवश्यक पर्ने र भट्टाहरु वातावरण मैत्री भएको प्रमाण पेश गरेपछि घरेलु तथा साना उद्योग कार्यलय मार्फत हुने परिपत्र गरेको थियो । सरकारले परिपत्र गरेपनि पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले त्यसको सुनुवाई नगरेको स्थानियहरु बताउँछन् ।

त्यसोत भट्टा बचाउनका लागि इृटा उदोग संघ काभ्रेका अध्यक्ष जितेन्द्र खयामली यत्तिखेर विभिन्न शक्ति केन्द्र धाईरहेका छन् । उनकै नेतृत्वमा भट्टा बचाउनका लागि विभिन्न भोज भतेर कार्यक्रमहरु समेत हुँदै आइरहेको बताईन्छ । विभिन्न प्रलोभन र आश देखाएर भट्टा नविकरण गर्न लागेसँगै पाँचखाल वातावरण बचाउँ समितिले त्यसखालका भोज भतेर र साँठकाँठको विरोध गरेको हो । यति यस्ता कृयाकलापहरु रोकिन्न भने हामी कडा संघर्षमा जान्छौ ।

नगरपालिकामा आमरण अनशन बस्नु पर्ने दिन आउनुपर्ने हुनसक्छ । चुनाव अघि विभिन्न कार्यक्रममा ईटा भट्टा बन्द गर्छु भन्दै भाषण गरेर चुनाव जित्ने अनि अहिले सरकारले दिएको निर्देशन र कानूनको समेत बर्खिलाप गर्ने हो भने हामीले कडा संघर्ष गर्नु पर्ने अवस्था आउने उनको दावी छ । स्मरण रहोस् केही दिनयता ईटा भट्टाका साँहुहरुको दैनिक जसो राजनीतिक भेट र रात्री भोजको आयोजना हुने गरेको छ । स्थानिय जनताहरुलाई भट्टालाई मापदण्ड विपरित संचालन हुन नदिने बताउनेहरु पनि भित्रिभित्रै भने भट्टा बचाउन सकृय भइरहेका छन् ।

  • १५ भाद्र २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !