‘शिवउपाशक’ गान्धी १२ दिने मानसरोवर तिर्थयात्रामाः संस्कृतिमा श्लोक ट्वीट गरेपछि भारतमा हंगामा

आजभोलि

काठमाडौं । काग्रेस अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर धार्मिक यात्रामा निस्केका छन् । उक्त यात्राका लागि शुक्रबार काठमाडौं आइपुगेको छन् । शनिबार पशुपपतिको पूजाआजा गरेपछि उनी मानसरोबर तिर्थ लागेको एक श्रोतले बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्के कै दिन गान्धी नेपाल आइपुगेका हुन् । उनले आफूलाई शिव उपासक भएको बताउँदै आएका थिए । तर विजेपीले उनी गैरहिन्दु भएको आरोप लगाउँदै आइरहेको थियो ।

राहुल गान्धीले धार्मिक यात्रा हिड्नु अघि सुन्दर मानसरोवारको तस्वीरसँगै संस्कृतमा श्लोक ट्वीट गरेका छन् । “ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मामृतम् गमय, ॐ शान्तिस् शान्तिस् शान्तिस्” ।

गान्धीले संस्कृतमा श्लोक ट्वीट गरेपछि भारतमा हंगामा भएको छ र विजेपीले उनीमाथि लगाएको आरोप झुठ साबित भएको भारतीय संचार माध्यमले जनाएका छन् । गान्धीको यो तिर्थयात्राले विजेपीलाई झड्का लागेको विश्लेषकहरुले बताएका छन् ।

कर्नाटका विधानसभा निर्वाचनको उनी चढेको जहाज दुर्घटना हुनबाट बचेको थियो । उनले गएको अप्रिलमा नै तिर्थ जाने भनकल गरेका थिए । कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुरजेवालाका अनुसार गान्धी देश तथा सम्पूण भारतीय जनातको सुख, शािन्त तथा सम्बृद्धिका लागि भागवान शिवको पूजा अर्चना गर्न लागेको बताए । उनको धार्मिक यात्रा १२ दिनसम्म चल्ने पनि बताएको छ ।

  • १६ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !