सुदूरपश्चिमेलीले गोरा (गौरा) पर्व मनाउँदै : बिरुणा राखेसँगै महिलाहरुको व्रत शुरु

आजभोलि

काठमाडौं । बिरुणा पञ्चमीमा बिरुण राखेसँगै गौरा पर्व शुरु भएको छ । गौरा पर्वको पहिलो दिन बिरुणा धुने अनि घर घरमा राखेपछि गौरो पर्व मनाउने गरिन्छ । सप्तमीमा गौरा गोरा घर भित्र भित्र्याउने र अष्टममिमा पूजाअर्चना गर्ने गरिन्छ । अनि तेस्रो दिन अर्थात् नवमीको दिन गौरा सेलाउने गरिन्छ । तर गौरा मनाउने दिनमा भने एकरुपता छैन् । गौरा आउनु भन्दा एक महिनादेखि डेउणा खेल खेल्ने गरिन्छ ।

गौरापर्वको सुरुआत अर्थात प्रारम्भ पञ्चमीको दिनबाट हुनेगर्दछ । गौरामा पञ्चमीको दिन विरुण भिजाउने गरिन्छ । त्यस दिनलाई विरुडा पञ्चमी पनि भनिन्छ । विरुडा भन्नाले पाँचवटा अन्नहरुको मिश्रण (केराउ, गुरास, मास, गहत र गहुँ) हो । विरुडा भिजाउँदा साँझपख सफा सुग्घर भइ भोको पेटमा नुहाई घर सफा गरेर गाईको गोवरले पोती कसैले नछुने गरी एउटा अलग्गै कोठामा पूजा गरी राखेको पाइन्छ । त्यसको भोलीपल्टको दिनलाई विरुडा धुने दिन भनिन्छ । जसमा एउटा निश्चित गरिएको पँधेरो हुन्छ । त्यहाँ सबै महिलाहरु भेला भई पँधेरोमा आ आफ्नो विरुडा धुदंै सगुन (भक्ति गीत वा कुनै पनि शुभकार्यमा गाइने गीत) गाउने गर्छन् । उदाहरणका लागि विरुडा धुन गएकी महिलाले यसरी गाउने गर्दछन ।

विरुडालाइ शिरमा राखि दिइने आशिवर्चन पनि सुनि हालौ ।
होइ रयेइ,पलुइ रयेइ, गुबा जसो फलेइ, दुबा जसो फैलि रयेइ ।
पन्युकि चन्नरमा जसो, सरकका तारा जसो होइ रयेइ ।
हिमान्जल हिउ छन्ज्या, गङड ठाट पानी छन्ज्या
मट्टिखण्ण माटो छन्ज्या बाची रयेइ ।
केलाकि थुमडि जसो रोकिइ रयेइ,
पोडाइनका झाल जसो झालताल भएइ ।
सर्ग जति उच्चो धर्ति जसो बिथरो भएइ ।
सात बैनी भगबती चारधाम केदार फलि बसौन ।
देबी देवता फलि बसौन, गौराको बिरुडा फलि रहउ ।

जसको अर्थ हुन्छ, तिमी हिमालको हिउ रहुन्जेल, पानी रहुन्जेल, बाची राख्नु । अकास भन्दा पनि उचो, धर्ती भन्दा पनि फराकिलो हुनु, देवीका सातै ओटै देवीले बास गरुनु । पूर्णिमाको जुन जस्तै उज्यालो हुनु दुबो जस्तै फैलिनु गौरोको विरुडा फलिफाप होस । स्वर्ग जति अग्लो र धर्ती जति फराकिलो हुनु भनेर पुज्ने गर्दछन ।

स्थानीय भाषामा गौरा भित्र्याउने घरलाई ‘गोरेघर’ र गौरा मनाउने ठाउँलाई ‘गोरे खलो’ भनिन्छ । प्रत्येक गाउँमा एउटा अलग गोरेघर हुन्छ । गोरे घर पवित्र धर्मिक स्थान जस्तै मान्ने गरिन्छ । गौराको दिन चाहिने तयारी सबै गौरा घरका मालिकले गर्नुपर्छ । गौरा पर्व प्रत्येक वर्ष भाद्र पञ्चमीदेखि शुरू भई अष्ठमीपछि कुनै पनि दिन समाप्त गर्न सकिने प्रचलन रहेको छ ।

यद्यपी यस पर्वको समाप्तिको समय बाहुन समुदायले निर्धारण गर्ने गरिएको पाइन्छ । भाद्र शुक्ल पक्षमा गौरा पर्व प¥यो भने “उज्याली गौरा” भन्ने प्रचलन रहेको छ भने कृष्ण पक्षमा प¥यो भने “अन्यारी गौरा” भन्ने प्रचलन रहँदै आएको पाइन्छ । यसक्षेत्रको चलन अनुसार विवाहभन्दा पहिले तथा केटी (मुलाई) मान्छेले दुग्धागो (सात वटा रंगका धागा) लगाउन नहुने र विवाहपछि मात्रै लगाउनुपर्ने पाइयो । अहिले सातओटा रंग नभएपनि दुग्धागो लगाउने चलन पाइएको छ । दुग्धागो पहिलो पटक “उज्याली गौरा” तथा शुक्ल पक्षमा गौरा प¥यो भने मात्र लगाउन पाइने तथा कृष्ण पक्षमा प¥यो भने लगाउन नहुने र एक पटक लगाई सकेपछि प्रत्येक वर्ष लगाउनु नै पर्ने चलन रहेको छ ।

सात रंगको धागो अथवा दुग्धागो विवाहित महिलाले मात्रै लगाउनुको कारण अविवाहित भए पनि पाकोपन देखाउन तथा विवाहित र अविवाहित महिलालाई छुट्याउनका लागि हुनसक्ने देखिन्छ । धार्मिक आस्थाअनुसार विवाहित महिलाले शौैभाग्यवतीको प्रतीकको रुपमा विभिन्न रंगलाई विभिन्न देवताको प्रतीकको रुपमा लगाउने गरिन्छ ।

यसले विवाहित भएको र घर परिवारको लागि स्वीकार्य भएको जनाउँदछ । दुग्धागो लगाएपछि शुद्ध हुने र उसले पकाएको खाने भएकाले उ अरु परिवार जस्तै जिम्मेवार तथा परिपक्व भएको मानिन्छ । जस्तै कालो रंगलाई महाकालीको प्रतीकको रुपमा, रातो रंगलाई लक्ष्मीको प्रतीकको रुपमा, सेतो रंगलाई सरस्वतीको प्रतीकको रुपमा लिइन्छ
यसरी गौरा पर्व धुमधासँग मनाइने गरिन्छ ।

  • १६ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !