नेपालद्वारा मेलेसियालाई पराजितः एशिया कप छनौट हुने सम्भावना बलियो

आजभोलि

काठमाडौं । शनिवार भएको एसीसी अन्तरगत एशिया कपको तेस्रो खेल नेपालले जितेको छ । आयोजक राष्ट्रलाई १९ रनले पराजित गर्दै नेपाल जिय भएको हो १८९ रनको चुनौती पाएको मलेसियाले ९ विकेटको क्षतिमा पूरै ३० ओभर खेल्दै १६९ रन मात्र बनायो।

नेपालको जितका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले दुईदुई विकेट लिए भने सागर पुन र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए।

६ ओभर बलिङ गरेका सन्दीप लामिछानेले एक मेडन राख्दै २० रन दिएर मलेसियाको २ विकेट झारेका हुन्।  वर्षाका कारण ३० ओभरमा झारिएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै मलेसियासामु १८८ रनको स्कोर खडा गरेको थियो।

४८ बल खेलेका आरिफले ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए। दीपेन्द्र ऐरीले ५१ बलमा ५४ रन प्रहार गरे। नेपालका लागि अनिल शाह १६, पारस खड्का १३, सुवास खकुरेल ९, ज्ञानेन्द्र मल्ल ११ र वसन्त रेग्मीले ६ रनको योगदान गरे।  सुरुमा खराब ब्याटिङ गरे पनि नेपालका पछिल्लाक्रमका ब्याटस्म्यानले सुधारिएको खेल प्रदर्शन गरे।

File Photo

  • १६ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !