नेपालको लगातार दोस्रो जीतः सिंगापुरलाई ४ विकेटले हरायो

आजभोलि

काडमाडौं । नेपालले एसीसी एशिया कपमा लगातार दोस्रो जीत हासिल गरेको छ । आइतवार मलेसियामा भएको खेलमा सिंगापुर विरुद्ध ४ विकेटको जित निकालेको छ ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८।१ ओभरमा ६ विकट गुमाएर पूरा गर्यो ।  टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अल आउट हुँदै १५१ रन बनाएको थियो । नेपालको जितका लागि अनील शाहले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ३३ र ज्ञानेन्द्र मल्लले ३० रनको योगदान गरे ।

त्यसैगरी सुवास खकुरेल र सागर पुनले समान १४ रन, कप्तान पारस खड्काले ११ र आरिफ शेखले नटआउट ४ रन बनाए ।
नेपाल यो जीतसँग चौथो स्थानमा उक्लेको छ । एशिया कप खेल्न छनौट हुने सम्भवना झन बलियो रहेको छ ।

File Photo

  • १७ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !