बोक्सीको आरोपमा बुहारीद्वारा सासुको हत्या

आजभोलि

ओपेन्द्र बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा बुहारीले बोक्सीको आरोपमा सासुको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरेर तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा ४० बर्षकी बुहारी टंकी रावतलाई सार्वजनिक गरेको हो ।

बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते फर्कीने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

धामी झाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भनेपछि आफूले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

  • १८ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या