सल्यानमा घर पहिरोमा पुरिँदा ३ जना बालकको मृत्यु

आजभोलि

सल्यान । स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उनका २ छोरी १ छोरा पुरिएका हुन । जिल्लाको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी तीन बालबालिकाको शव निकालिएको छ । पहिरोमा पुरिनेहरुमा उनकी १० बर्षिया छोरी ललिता डाँगी,७ बर्षीया छोरा ललित वली र बर्ष चारकी छोरी मेनका डाँगी सव पहिरोवाट निकालिएको सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक विरेन्द्र वहादुर शाहले जानकारी दिनुभयो ।

पहिरोमा परेर बालाराम डाँगी र उनकी श्रीमती समेत घाईते भएको बताइएको छ । बालबालिकाले खाना खाँदै गरेको समयमा आएको पहिरोले ३ बालबालिकाहरु र बस्तुभाउलाई पुरेको १२ वडाका वडा अध्यक्ष दिपक वलीले जानकारी दिनुभयो ।

हिजो राती १२स्४० मा उद्दारका लागि इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको भएपनि रातभर पानी परेकोले बिहान बाट मात्र उद्धार सुरु गरिएको र अहिले मात्र सव निकालिएको प्रहरीको भनाई छ ।

यसैबीच भुपेन्द्र डाँगीको घर पहिरोको जोखिममा रहेको छ । बालाराम डाँगीको घर संगै रहेको डाँगीको घर जोखिम परेको छ ।

वागचौर नगरपालिका प्रमुख लोकमान वुढाथोकी, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल लगायतका टोली बिहानै घटना स्थल हिडेको छ । उद्धारका लागि स्थानीय वासिन्दा, जनप्रतीनिधी प्रहरी परिचालित भएका छन् । राप्ती राजमार्ग भन्दाको सल्यान रुकुम सडक खण्डको शिवरथबाट वाफुखोला जान ४ घण्टा पैदल हिड्नु पर्ने भएको समेत प्रहरीको भनाई छ ।

  • १८ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !