घिमिरे अख्तियार प्रमुखमा सिफारिस

आजभोलि

काठमाडौं । नविनकुमार घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरिएको हो । उनी आयोगका कार्यवाहक प्रमुख आयुक्तको रुपमा काम गर्दै आइरहेका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । आयोगका आयुक्तका रुपमा घिमिरे २०७१ चैत १९ गते नियुक्त भएका थिए ।

आजको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख महरा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना लगायतका थिए ।

  • २० भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !