प्रकाण्डलाई छोडे लगत्तै फेरी पक्राउः भाजपुरबाट दाङ लगियो

आजभोलि

काठमाडौं । नेकपाका प्रवक्ता खड्ग बहादुर विश्कर्मा प्रकाण्डलाई भोजपुर अदालतबाट छुटे लगत्तै पक्राउ परेका छन् । जिल्ला अदालतले धरौटीमा छोड्न् आदेश दिए लगत्तै फेरी पक्राउ गरेको छ । उनीमाथि दाङ अदालतमा मुद्दा रहेको भन्दै फेरी पक्राउ गरिएको हो ।

बुधबार जिल्ला अदालत भोजपुरले थुनछेक बहसपछि तीनओटा मुद्दामा ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

सर्वोच्च अदालतले पटक–पटक थुनामुक्त गराउन आदेश दिएपनि नयाँ–नयाँ आरोपमा पक्राउ पर्दै आएका विश्वकर्मालाई पछिल्लोपटक निर्वाचनताका भोजपुरमा भएको विस्फोटको आरोप लगाइएको हो ।

तत्कालीन भोजपुर प्रदेशसभा क्षेत्र नम्बर ‘ख’का उम्मेदवार, हाल प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई सवार गाडीमा बम प्रहार गरेको र अरु दुई स्थानमासमेत बम विस्फोट गराएको आरोप उनीमाथि लगाइएको थियो ।

  • २० भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !