भीम रावलको प्रधानमन्त्री ओलीलाई प्रश्न, भारतमा किन संयुक्त सैन्य अभ्यास ?

आजभोलि

काठमाडौं । नेकपाका नेता भीम रावलले बुधबार सांसदमा बोल्दै भारतमा हुने विमष्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासप्रति रोस प्रकट गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, के कारणले सैन्य अभ्यास गर्न लागिएको हो ? उनले भने कुनै पनि स्वतन्त्र देशले त्यही अनुसारको व्यवहार गर्नुपर्छ । हामी कसैका गुलाम हैनौ । यसकारण सैन्य अभ्यासको औचित्य छैन् ।

उनले भने, भरतीय प्रधानमन्त्रीले प्रधानसेनापति सहितको सैनिक अभ्यास गर्ने भन्ने विमष्टेक सम्मेलनमा भनेको कुरा हामीले सुन्यौ । र, प्रधानसेनापतिको विशेष बैठक र पछि सैन्य अभ्यास गर्ने कुरा आएको छ ।जुन भारतीय परराष्ट्रमन्त्रालयको बेइवपेजमा उल्लेख गरिएको बताए । यस्तो सैन्य अभ्यास गरे भने दिर्घकालिन समस्या आउँछ ।

सांसदको विशेष समयमा बोल्दै उनले भने, नेपालले यस्तो क्षेत्रीय सहयोगमार्फत् सैनिक अभ्यासमा प्रवेश गरे दीर्घकालीन रूपमा राजनीतिक, रणनीतिक र कुटनीतिक क्षति हुन्छ । हामीले नेपालको भूराजनीति, विशाल छिमेकी र बदलिँदो अन्तर्राष्ट्रिय अभ्यास ख्याल गर्नुपर्छ।

रावलले यसले छिमेकी देशहरुसँगको सम्बन्धमा समस्या आउने र नेपाललाई फायदा नहुने कुार गरे । उनले सरकारको यस कदमको खुलेर आलोचना समेत गरे । आफ्रनै पार्टी प्रधानमन्त्री ओलीको कार्यशैलीको बिरोध समेत गरेका छन् ।

  • २० भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !