प्रस्ताविक प्रधानन्याधिश बिरुद्ध ४ मुद्दाः एनसेलप्रकरणदेखि शैक्षिक प्रमाणपत्रसम्म

आजभोलि

काठमाडौं । प्रस्तावित प्रधानन्याधिश ओमप्रकाश मिश्र बिरुद्ध चार ओटा मुद्दा दर्ताभएको जनाइएको छ । संसदीय सुनुवाई समितिमा बुधबारसम्म ४ मुद्दा दर्ता भएको जनाइएको छ । श्रोतले दिएको जनाकारी अनुसार स्रोतका अनुसार रञ्जन कोइरालाको मुद्दामा मिश्रले गरेको आदेश, हाँडीगाउँको जग्गा, एनसेलका सम्बन्धमा गरिएको आदेश र शैक्षिक प्रमाणपत्रका सम्बन्धमा उजुरी दर्ता भएका छन् । तर औपाचारिक रुपमा सार्वजनिक भने गरेको छैन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएका हुन् । सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए ।

उजुरी सार्वजनिकपछि समितिले पहिले उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ । सुनुवाइ सकिएपछि समितिले अनुमोदन हुने वा नहुनेबारे निर्णय लिनेछ ।

यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो ।

  • २१ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !