प्रचण्डको भारत भ्रमणसँगै सत्ता परिवर्तन हुने संकेत : भारतीय उच्च नेतासँग गोप्य भेटघाट हुने

आजभोलि

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड बिहीबार भारत भ्रमण जाँदैछन् । उनी ३ बजे भारत प्रस्थान हुने जनाइएको छ । र, उनी २४ गते स्वदेश फर्कने तालिका रहेको उनको निजि सचिवालयले जनाएको छ ।

प्रचण्ड भारतमा रहँदा औपचारिक भन्दा अनौपचारिक कार्यक्रममा बढी व्यस्त रहने श्रोतले जनाएको छ । उनी भाजापका मुख्य नेता तथा भारतीय बुद्धिजीविसँग पनि भेटावार्त गर्ने जनाइएको छ । र, भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रचण्डको यो भ्रमणलाई बेमौसमे भ्रमण भनेर हेर्न थालिएको छ । उनी विमष्टेक बैठक सकिएको एक हप्ता लगत्तै भारत भ्रमण जानु चासोको विषय भएको एक जना राजनीतिक विश्लेषकले जानकारी दिए । उनका अनुसार प्रचण्डको भारत भ्रमण सत्ता समिकरणसँग जोडिएको दाबी गरे । उनले भने प्रधानमन्त्री ओलीसँग उनले २ वर्षपछिको सत्ता बार्गेनिङ गरेका भए पनि अब त्यो भन्दा पहिले नै सत्ता परिवर्तन हुन सक्ने दाबी गरे ।

प्रधानमन्त्री ओली जनचहाना अनुसार काम गर्न नसकेपछि पार्टी भित्रैबाट आलोचान हुन थालेको छ । प्रचण्ड पछिल्लो समयमा भारतका विश्वास पात्र रहेको जनाइएको छ । प्रधानमन्त्री ओली चाइनतिर ढल्केको आरोप लागी रहेको बेला प्रचण्डको भारत भ्रमण अर्थपूर्ण रहेको जानकारहरु बताउँछन् ।

  • २१ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !