पुन:निर्माणलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

आजभोलि

पुन:निर्माणलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुन:निर्माणको कामलाई द्रुत गतीमा अघि बढाउन निर्देशन दिनु भएको छ । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पिडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने बताउनुभएको छ । प्राधिकरण निश्चित समयका लागि भएकोले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पुन निर्माण प्राधिकरण घाम जुन रहेसम्मका लागि स्थापना गरिएको होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण यसले यथासक्य चाँडो पुननिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाइ घर निर्माण गरेका पिडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । “भुईंचालोले घर भत्किएको तीन बर्ष भइसक्यो । प्राधिकरणका इन्जिनियर गाउँ पुग्दैनन् अनि जनाले कहिले इन्जिनियर आउछन् र उनले भने अनुसारको घर बनाउँ भनेर पर्खेर बस्छन् ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “पिडितले घर बनाएको भनेर जनप्रतिनिधीले सिफारिस गरेको आधारमा अनुदान रकम उपलब्ध गराउनुहोस ।”

प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्व कार्यकारी अधिकृत र कर्मचारीहरुले लिएको फिल्ड भत्ताको बिषयमा पनि चासो व्यक्त गर्नुभएको छ । “बैठक कार्यलय समयमा राख्नुहोस । कार्यलय समयमा तपाईंहरुलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “ कर्मचारीको दुर्गम भत्ताका बिषयमा छलफल गरेर निर्णय गरौंला । ”

प्रधानमन्त्री ओलीले धरहरा निर्माणको टेण्डरका बिषयमा पनि चासो व्यक्त गर्नुभएको छ । “धरहरा पुन निर्माणकामा अनुमान भन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यसको गुणस्तरमा कुनै कमी हुनुहुदैन ।

ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहिन काम गर्न पाइदैन ।” प्रधानमन्त्री ओलीले धरहरा पुननिर्माणका लागि इन्जिनियर खटाउन,दैनिक नापँजाँच गर्न,प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच्न र दैनिक प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ । “निर्माण सम्झौतामा जे कुरा उल्लेख छ निर्माण कार्यमा त्यही अनुसार गर्नुपर्दछ । र ,समयमा सम्पन्न हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

  • २१ भाद्र २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !