जुम्ला पनि प्याराग्लाइडिङ

आजभोलि

जुम्ला । एक युवाले जुम्लामा सफल प्याराग्लाइडिङ उडान सफल गरेका छन् । टक्क बहादुुर नेपाललीले उक्त उडान सफलताका साथ गरेका हुन् । खलंगाबाट लाम्राको इज्जाडाँडासम्म सफल उडान गरेका थिए ।

परीक्षण उडानको करिब १५ मिनेट लाम्रा गाउँको इज्जा डाँडामा करिब दुई किलोमिटर माथिबाट आकाशमा उडाइएको थियो । दुईवटा परीक्षण उडान गरिएको लाम्रा गाउँमा प्याराग्लाइडिङकर्ता स्थानीय टक्क नेपाली र स्थानीय मनोज बुढाथोकी मगरले सयर गरेका थिए । आफैले बनाएको प्याराग्लाइडिङमा आकासमा पुगेपछि केही त्रास त भयो तर सफल अवतरण भएपछि निकै ठूलो आनन्द भएको टक्कले बताए ।

कर्णाली एरोडाइनामिक क्लब एन्ड रिसर्च सेन्टरको आयोजना, नेपाल पत्रकार महासङ्घ, जुम्ला र नेपाल पर्यटन पत्रकार सङ्घ, जुम्लाको समन्वयमा आयोजना गरिएको परीक्षण उडान तथा पत्रकार सम्मेलन कार्यक्रमका अध्यक्षसमेत रहेका टक्क नेपालीले आफूले धेरै नपढेको र सीमित स्रोतसाधन सहितको विद्यालय र सानो वर्कसपबाट सिकेको सीपले आज प्याराग्लाइडिङ बनाएर उडान गर्न सफल भएको हर्ष व्यक्त गरे ।

  • २३ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !