हराएको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा फेलाःएक यात्रुले सकुशल भएको संचालकलाई फोन गरे (अपडेट)

आजभोलि

काठमाडौं । हराएको भनिएको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङको मेघाम जंगलमा भेटिएको छ । 9NALS कल साइन भएको उक्त हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको छ।सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको छ।

उक्त हेलिकोप्टरमा सवार मध्ये एक जनाले हल्टिच्युड एअरका सञ्चालक सीताराम सापकोटालाई सम्पर्क गरेर आफू सकुशल रहेको जानकारी दिएका छन्। अन्नपूर्णसँग कुरा गर्दै सापकोटाले एक यात्रु आफंनो सम्पर्कमा आएको बताए।

म जंगलको बीचमा अलपत्र छु, मलाई ठाउँ थाहा छैन, उद्दार गर्न आउनू, भनेर आफूलाई फोन आएको सापकोटाले जानकारी दिए। उक्त फोन गर्ने यात्रु पनि सम्पर्कविहीन छन्।

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना भएको छ । गोरखाबाट काठमाडौं आउने क्रममा उक्त दुर्घटना भएको हो । उक्त हेलिकोप्टरमा सात जना सरवार रहेको जनाइएको छ ।

हेलिकोप्टरमा ५ जना नेपाली र १ जना जापानी नागरिक भएको श्रोतले जनाएको छ । जसमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन्

घटनास्थलतर्फ प्रहरी तथा अन्य संयन्त्र परिचालन भइसकेको धादिङ प्रशासनले जनाएको छ ।

  • २३ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !