प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य : सभापति देउवा

आजभोलि

बुटबल । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् । उनले संविधानले ग्यारेष्टि गरेको प्रेस स्वतन्त्रमा कुनै सम्झोता गर्न नसकिने बताएका छन् । कांग्रेसले प्रेस स्वतन्त्रताका लागि सदैव लडिरहने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

बुटवलमा बुद्ध टेलिभिजनको ११ औं वार्षिकोत्सवमा उहाँले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य हो भन्नुभयो । सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं–५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न सक्दैन भन्नुभयो ।

प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली काँङग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिम हमाललगायतले सरकारले सबै क्षेत्रमा कर लगाएर जनतालाई मारमा पारेको विचार व्यक्त गरे ।

  • २३ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !