साफ च्याम्पियनसीपमा नेपाल सेमी फाइनलमा

आजभोलि

काठमाडौ । नेपालले समूह चरणको खेल विजयसँगै सेमी फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै सेमी फाइनलमा प्रवेश गरेको हो । नेपाल समूह विजेता बन्दै अर्को प्रतिस्पर्दामा अघि बढेको हो । नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान र बंगलादेशको पनि समान ६–६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि विमल घर्तीमगर र नवयुग श्रेष्ठले सुन्दर गोल गरे । खेलको ३३ औं मिनेटमा विमल र ८७ मिनेटमा नवयुगले गोल गरेका हुन्।

विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए। उनले समूह चरणमा पाकिस्तानविरुद्धको पहिलो खेलमा २–१ ले हर्दा गोल गरेका थिए। विमलको यो नेपाली टोलीका लागि आठौं गोल हो। सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो।

सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ। नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो। यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए।

File photo

  • २३ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !