‘पच्कातन्त्र’सँगै कांग्रेसमा बीपी नै बीपी !

आजभोलि

एलबी बिद्रोही

लेखक

भदौ २४ गते बीपी कोइरालाको १०५ औं जन्मजयन्ति मनाइदैछ । नेपाली राजनीतिका शिखर पुरुष तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आधुनिक नेपालका कोरियोग्राफर हुन । उनकै नेतृत्वमा नेपाल राणा शासन अन्त भई प्रजातन्त्रको जग बसेको थियो । उनले प्रजातान्त्रिक समाजवादलाई नेपाली समाज परिवर्तनको राजनीतिक सिद्धान्तको रुपमा स्थापित गरेका थिए । नेपाली कांग्रेसलाई सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक स्थापना गरेका बीपी युग पुरुष भएर अमर रहेका छन् ।

समय धेर भो । समय बदलियो । कांग्रेस बदलियो । प्रजातान्त्रिक समाजवाद बदलियो । बीपी पनि बदलिए । सिद्धान्त बदलियो । कांग्रेसमा एउटा बीपी थिए । अचेल सबै बीपी भए ।

नेपाल गणतन्त्रमा छ । दुई तिहाई सरकारको नेतृत्व गरेको बीपीको पार्टी कमजोर प्रतिपक्षमा सिमिति रहेको छ । बीपीको पालाको कांग्रेस अहिलेको कांग्रेसमा आकास पातालको फरकछ । अहिले देशमा कम्युनिष्टको दुइ तिहाईको सरकार छ । कांग्रेस कुनामा बसेर निरही टुलुटुल कम्युनिष्ट सरकारलाई हेरी रहेको छ । त्यसैले कांग्रेसमा पच्कातन्त्रको उदय भएको छ ।

अहिले कांग्रेस न बोल्न सक्छ । न देख्छ । न भन्छ । न अनुभव गर्न सक्छ । केबल निहरीपन देखाउँछ । न जनताको भाषा बोल्न सकेको छ । न त राजनीतिक विचारलाई अंगिकार गरेको छ । सबैले अहिले बीपीको बलियो र सशक्त पार्टीलाई विचारा कांग्रेस भनिएका छन् । राजनीतिमा यो भन्दा बढी लज्जाको विषय के हुन सक्छ ।

बीपीको प्रजातान्त्रिक समाजवाद कहाँ छ त ? क कसले अंगिकार गरेका छन् त ? पार्टीभित्र लागू भएको छ त ? अर्थात् कांग्रेसले किन र के का लागि छाड्यो त प्रजातान्त्रिक समाजवाद ? यी सबै प्रश्न उत्तर कही पनि छैन् । किनकी कांग्रेस नीति बिना पार्टी बनेको छ । सिद्धान्त बिनाको दर्शन बोकेको छ । पार्टी व्यक्तिगत र गुटगत रुपमा केन्द्रदेखि गाउँटोलसम्म चिराचिरा परेको छ । सिद्धान्त छियाँछियाँ भएको छ । पद्धति भत्केको छ । जनतसँगको सम्बन्ध टुटेको छ । अनि कहाँ छ, प्रजातिान्त्रिक समाजवाद ? अनि कसले मानेको छ, बीपीलाई ?

पार्टी नीति र नेतृत्वले संचालन हुन्छ । नेताको नेतृत्वले पार्टीलाई अगाडि बढाउँछ । नीतिलाई पार्टीको मार्गदर्शन तय गर्दछ । तर न नेता । न नेतृत्व, भएको पार्टीले संगठन र सिद्धान्तलाई भन्दा अरुलाई फाइदा गर्छ । पार्टी कमजोर हुन्छ । जनताको विश्वास गुमाउँछ ।

कांग्रेस अहिले बैचारिक रुपमा कमजोर छ । हिलेमात्र हैन विगत तीन दशकदेखि पार्टी भित्र बैचारिक बहस हुन सकेन । नीति भन्दा नेताले पार्टी चलायो । पार्टीको संरचनापनि आफू अनुकुल बनाइयो । र, पार्टि भित्र ठेगेदार, तस्कारर कालाकजारीको दबदबा शुरु भयो । पार्टीले योगदान, संघर्ष र विचार भन्दा पनि पैशावाललाई अझ बढी प्राथमिकता दिदै आयो । जसले पार्टीलाई विकृत बनायो । पार्टी पाटीमा परिणात भयो ।

असल र राम्रा तथा योग्य कार्यकर्ता गुट तथा बिरोधीका नाममा पाखा पारियो । पार्टी भित्र गुलामवाद भित्रियो । राजामहाराजाको जस्तै विहान बेलुकी दर्शनवाद । अरु बेला गुलामी गर्नु पर्ने अवस्था सिर्जना भयो । परिणाम स्वरुप, इमान्दार तथा नैतिवान कार्यकर्ता पाखा लागे र राजनीतिबाट अलग भए ।

कांग्रेस झनझन तल खस्किदै गयो । सत्तामा जाँदा जनमुखी कार्य नगरेका कारण जनताको नजरमा गिर्दै गयो । पार्टी र सरकार आ आफ्नै ढर्रामा चल्न थाले । पार्टी कार्यकर्ता भन्दा टाढा र सरकार जनता भन्दा दूर हुँदै गयो । अनि सरकार र पार्टी कसैका लागि पनि भएनन् ।

बीपीलाई कांग्रेसले निर्वाचन तथा महाधिवेशनमा कहिलेकाही सम्झिन्छ । फोटोमा माल्याणपण गर्छ । फुलगुच्चा चढाउँछ । भाषणमा बीपीको नाम लिन्छ । र, नेताहरुले आफू बीपी भन्दा ठूलो भएको फूर्ति लगाउदै हिड्छन् । अनि तिनका हनुमानले ताली बजाउँछन् । नेताजीको जयजयकार गर्छन् । चुल्ठे मुन्द्रहरुका लागि तिनै बीपी बन्छन् । सँगै शुरु हुन्छ, गुलामबाद ।

अनि देख्दा उराठ लाग्छ । पार्टीप्रति बैराग उत्पन्न हुन्छ । चित्त दुख्छ । र, असह्य हुन्छ । सच्चा कांग्रेस बाटोमा गरिब, निमुखा देखेर टोलाउँछ । र, बीपीलाई हृदयबाट सम्झिन्छ । एक दिन हैन, दूइ दिन हैन । सधै बीपी र प्रजातान्त्रिक समाजबादलाई सम्झिन्छ ।

  • २४ भाद्र २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !