मतदानकेन्द्रदेखि केन्द्रसम्म नेपाली कांग्रेसको ८ तहको संरचना

आजभोलि

मतदानकेन्द्रदेखि केन्द्रसम्म नेपाली कांग्रेसको ८ तहको संरचना

काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा पार्टीको नयाँ संरचना निर्माणका विषयमा छलफल हुन थालेको छ । विधान मस्यौदा समितिले गठन गरेको तीनवटा उपसमितिमा पार्टी संरचनाका विषयमा छलफल तीव्र बनाइएको र मूल समितिको बैठकमा छलफलको प्रतिवेदन प्रस्तुत गरिने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

विधान मस्यौदा समितिका संयोजकसमेत रहनुभएका खड्काले पार्टीको संरचनाका विषयमा उपसमितिमा छलफल भइरहेको जानकारी दिंदै मूल समितिमा प्रतिवेदन प्रस्तुत भएपछि खाका तयार हुने बताए ।

पार्टीको संरचना तयार गर्न गठित उपसमितिका नेता फरमुल्लाह मन्सुरले पार्टीको केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको संरचना बनाउने प्रस्ताव गरिएको बताए । केन्द्रीय संरचनामा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ ।

नेता मन्सुरका अनुसार, केन्द्रीय कार्य समितिको संख्या १३१ हुने छ । जसमा सभापति, दुई उपसभापति, वरिष्ठ नेता, दुई महामन्त्री, तीन सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ । हाल उपसभापति र सहमहामन्त्री एक एक जना रहने व्यवस्था छ ।

उहाँले केन्द्र, प्रदेश, जिल्ला, प्रदेशस्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रस्तरीय कार्यसमिति, गाउँ-नगर समिति, वडा तह र मतदान केन्द्र लक्षित संरचनाको प्रस्ताव गरिएको जानकारी दिए ।

उपसभापति पदमा एक महिला र एक पुरुष तोक्ने वा नतोक्ने भन्ने टुङ्गो भने लागेको छैन । नेपालको संविधानले राजनीतिक दलका पार्टी संरचनामा पनि महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनैपर्ने प्रावधान राखेको छ । यसले कार्य समितिको संख्या ठूलो हुनेछ । साथै पुरानो लोकतान्त्रिक पार्टी भएकाले त्यसै अनुसारको समावेशी संगठन बनाउन पनि नेताहरूको आग्रह रहँदै आएको छ ।

  • २५ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !