चलचित्र ‘सायाबुङ’को काठमाण्डौ प्रदर्शन

आजभोलि

काठमाडौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौ ३० गते ‘सायाबुङ’ को विशेष प्रदर्शन हुने निर्माण पक्षले सोमबार पत्रकार सम्मेलन गरि जानकारी गएका छन् ।

द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित रहेको छ । चलचित्रमा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ । चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि पनि चलचित्र नेपाली भाषामा रहेको छ । पूर्वी नेपालको उच्च पहाडी भेग जहाँ गाई तथा चौरी गोठ पालनको संस्कृती रहेको छ । त्यो संस्कृतीलाई पनि चलचित्रमा समेटिएको निर्देशक भगिराज राईले बताए । चलचित्र बारे थप प्रष्ट्याउँदै राईले भने सायाबुङ अप्ठेरोमा फुलेको फुल हो । हिमाली भेगमा गोठ बसाउने चलन छ । जुन बस्ती भन्दा धेरै टाढा हुन्छ । त्यहि गोठ पालन गर्ने सुदुर ठाउँमा रहेको युवा र बस्तीमा रहेकी युवती बीच हुर्किएको एउटा अर्गानिक प्रेम कथा यसमा समेटिएको छ ।

भाषा संस्कृती संरक्षणमा थोरै भएपनि योगदाग गरौ भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको निर्माता साया राईले जानकारी दिए । यस चलचित्रको छायाँङ्कन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका छन् । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ । देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।

काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले बताए । त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी गराए ।

  • २५ भाद्र २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !