मन्त्री फेर्न ओली र प्रचण्ड सहमतः बदल र मातृका हटाइने

आजभोलि

मन्त्री फेर्न ओली र प्रचण्ड सहमतः बदल र मातृका हटाइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच मन्त्री फेर्नेमा सहमति भएको दाबी गरिएको छ । नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाउनुभएको छ ।

पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नकालागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् ।

प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलार्ई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको स्रोतको दावी छ ।

त्यसैगरी पूर्व एमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको स्रोतको दावी छ ।

कुन–कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच मोटामोटी सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ । प्रचण्ड भारत भ्रमणमा जाने बेलामा नै केही मन्त्रीहरुलाई हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुग्नु भएको थियो ।

यता प्रचण्डले पनि दुई÷चार जना मन्त्री हट्न सक्ने भन्दै सार्वजनिक रुपमा जनताको पक्षमा काम नगर्ने मन्त्री हटाउने बताउनु भएको थियो ।
उहांले गत मंगलवार आफ्नै निवासमा पार्टी निकटका पत्रकाहरुलाई बोलाएर यस्तो संकेत गर्नुभएको थियो । ओली र प्रचण्डबीच सोमबार सांझ मन्त्री फेरवदल गर्ने विषयमा गम्भीर कुराकानी भएको वालुवाटार स्रोतले दावी गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

  • २६ भाद्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !