सरकारले धोकादिएपछि राजपा सरकारबाट बाहिरिने

आजभोलि

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारले धोका दिएको गम्भिर आरोप लगाएको छ । वर्तमान सरकार गठन भएपछि संविधान संशोधन गर्ने तथा मधेशका मुद्दाहरु सम्बोधन गर्ने सर्तमा सरकारलाई समर्थन गरेको थियो । सरकार गठन भएको ७ महिना पुगिसक्दा पनि कुनै ठोस निर्णय नगरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

सरकारले मधेशलाई धोकादिएको निश्कर्ष निकाल्दै सरकारलाई समर्थन नदिने र फिर्ता लिने बारे आज बसेको बैठकमा ठूलो बहस भएको जनाइएको छ । अध्यक्ष मण्डलको बैठकमा सबै अध्यक्षहरुले सरकारको चर्को आलोचना गरेको जनाइएको छ ।

बैठकपछि अध्यक्ष मण्डलका अनिल झाले संविधान दिवसका दिन असोज ३ गते देशव्यापी रुपमा विरोधको कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए ।

उहाँले मधेसका मुद्दा र मागलाई सम्बोधन गर्दै संविधानमा समयानुकुल संशोधन गर्ने सरकारको भनाईप्रति आफूहरु विश्वस्त हुन नसकेको भन्दै पार्टीले आगामी दिनमा कस्तो रणनीति तय गर्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

यसरी सरकार राजपाबीचको दूरी निकै बढेको देखिन्छ । यसले सरकारलाइ कुनै असर नपरे पनि सरकारप्रतिको हेराइमा भने फरक पर्ने देखिन्छ । र, मधेशमा आन्दोलनका लागि उचित वातारण बन्नेछ ।

  • २७ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !