फोरमको नौटंकीः सरकारमा नी बस्ने अनि कालो दिन नी मनाउने ?

आजभोलि

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले संविधान जारी भएको दिनलाई कालो दिन मनाउने भएको छ । असोज ३ गतेलाई उसले कालो दिन मनाउने घोषणा गरेको छ । सरकारमा सहभागी भए पनि कालो दिन मनाउनुलाई राजनीतिक विश्लेषकले यस कार्यलाई नौटंकी भएको बताएका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।

विज्ञप्तिमार्फत जारी गर्दे संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो । पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसरी सत्ता र सडक पनि उपयोग गर्नुलाई फोरम दोहोरो चरित्रको रुपमा लिइएको छ । यस्तो कार्यले राजनीतिमा विकृति फैलिन सक्ने अनुमान गरिएको छ ।

  • १ आश्विन २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !