एसीसी यु–१९ क्रिकेट खेलमा नेपाल पहिलो चरणबाट आउट

आजभोलि

एसीसी यु–१९ क्रिकेट खेलमा नेपाल पहिलो चरणबाट आउट

काठमाडौं । नेपाल बङ्गलादेशमा जारी एसीसी अण्डर १९ एशिया कप क्रिकेट प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।
बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपाल अफ्गानिस्तानसँग ३ विकेटले पराजित भएपछि एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै नेपालले अफ्गानिस्तानलाई १ सय ३२ रनको विजयी लक्ष्य दिएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए । अफ्गानिस्तानले ३७।३ ओभरमा ७ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गर्यो ।

नेपालका बलर सुर्य तामाङ्गले ४ विकेट लिए । नेपालको तेस्रो तथा अन्तिम खेल संयुक्त अरब ईमिरेट्स् यु ए ई सँग हुनेछ । नेपाल कै समूह ए मा रहेका भारत र अफ्गानिस्तान भने एक खेल अगावै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

File Photo

  • १५ आश्विन २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !