काठमाडौं । शनिवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । नगारिक समाजद्वारा आयोजना गरिएको निर्मलाको न्यायका लागि गरिएको सडक प्रर्दशनमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ ।
प्रर्दशनमा गृहमन्त्री राम बहादुर थापा र आइजीपीको समेत राजीनामा माग गरिएको थियो । निकै आक्रोसित प्रर्दशनकारीले सरकारले नियतवस निर्मला पन्त बलात्कार तथा हत्याको दोषीमाथि कारबाही नगरेको ओरोप समेत लगाएका थिए ।
उक्त प्रर्दशन र्यालीमा परिणत हुँदै माइतीघरमण्डलाबाट बानेश्वरसम्म गरिएको थियो । र्यालीमा नागरिक समाज, कलाकार, राजनीतिकर्मी तथा अन्यको उपस्थिति रहेको थियो ।