संविधानले दिएका अधिकार कार्यन्वयन गर्न समृद्धी आवश्यक : अध्यक्ष तिमिल्सिना

आजभोलि

काभ्रे । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानले दिएका अधिकार कार्यन्वयन गर्न तीन तहका सरकार योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

काभ्रेमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले जनतालाई धेरै अधिकार प्रदान गरेको बताउँदै ति अधिकार जनतासम्म पु¥याउन तीन तहका सरकार लागिपर्नुपर्ने धारणा राख्नुभयो । ‘नेपालको संविधान विश्वमै उत्कृष्ट छ । यसले जनतालाई धेरै हक र अधिकार दिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, यो चुनौतीपूर्ण छ । त्यसलाई जनताको झुपडीसम्म पु¥याउँन संघीय, प्रदेश तथा स्थानीय सरकारले योजना बनाएर दिनरात काम गर्नुपर्छ ।’

जनताले आफ्नो अधिकारको आभाष गर्न देश समृद्ध हुनुपर्ने धारणा अध्यक्ष तिमिल्सिनाले राख्नुभयो । उहाँले संविधानअनुसार तीन तहमा स्थायी सरकार बनेपछि अब सबै नेपालीले देश समृद्ध बनेको हेर्न चाहेको बताउनुभयो । उहाँले तीन तहका सरकारको समन्वय र सहकार्यमा गाउँ–गाउँसम्म सडक, बिजुली, शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारलाई निमार्ण तथा स्तरउन्नतीमा जोड दिनुपर्ने सुझाब दिनुभयो ।

  • २० आश्विन २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !