निर्मला हत्याकाण्ड अनुसन्धान जहाँकोत्यहीः प्रतिवेदन आयो, तथ्य आएन

आजभोलि

 

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको रिपोर्ट सार्वजनिक भएको छ छ । दुई महिनापछि सार्वजनिक भएको रिपोर्ट सामान्य रप्मा छ । कुनै नयाँ तथा तथ्य देखिदैन् । सामान्य रुपमा आएको रिपोटले छानिबिनलाई कुनै प्रभाव तथा दिशा दिने देखिदैन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको नेतृत्वमा रहेको अनुसन्धान टोली पनि लामो समयदेखि घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी घटना अनुसन्धानकै लागि सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली केही साताअघि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेका छन् । तर घटना भएको अढाइ महिना बितिसक्दा पनि प्रहरी अनुसन्धान उपलब्धिबिहीन रहेको प्रहरी स्रोतले जनाएको छ ।

सिआइबीले घटनामा संलग्न हुनसक्ने आशङ्का भएका करीब एक दर्जन व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ । त्यसका साथै राष्ट्रिय अनुसन्धानलगायत प्रहरीभित्रै विभिन्न टोली बनाएर केन्द्रबाट परिचालनसमेत गरिएको छ ।

“घटनाको सुरुवातमै कञ्चनपुर प्रहरी नेतृत्वबाट भएको गम्भीर लापरवाहीकै कारण अहिलेसम्म हत्यारासम्म पुग्न सकस भएको हो ।” प्रहरी स्रोतले भन्यो, “शव भेटिएका बेला गम्भीरताका साथ अुनसन्धान थालेको भए अहिले यस्तो अवस्था नै आउने थिएन ।”

सुरुवातकै त्रूटीका कारण अहिले अनुसन्धानमा समस्या भएको अनुसन्धान अधिकारीको भनाइ छ । घटनाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमै झिकाएर प्रहरी नायब महानिरीक्षक धिरु बस्नेत नेतृत्वको टोलीले घटनाबारे छानबिन गरिरहेको छ । केही समयअघि प्रहरी प्रधान कार्यालयबाटै घटना अनुसन्धानको समन्वयकारी भूमिका निभाउन प्रहरी उपरीक्षक दुर्गासिंह चन्द भीमदत्तनगर आइपुग्नुभएको छ ।

कञ्चनपुरमा महिला तथा विभिन्न दवाव समूहले निर्मलाको हत्यारा सार्वजनिक गर्न दिनहुँ प्रर्दशन गरिरहेका छन् । आन्दोलनरत यहाँका महिला अधिकारकर्मीलाई आइतबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले पनि ऐक्यवद्धता जनाउनुभयो । उहाँले निर्मलाले न्याय नपाएसम्म दवाव दिनुपर्ने आवश्यकता औँल्याउँदै आफू र आफ्नो पार्टी त्यसका निम्ति लागिरहने बताउनुभयो ।

घटनामा संलग्न भन्दै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख ९हाल निलम्वित० प्रहरी उपरीक्षक डिल्लीराज विष्टले सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका थिए । घटनामा संलग्नताको आरोप स्थानीयवासीले लगाएपछि केही समयअघि प्रहरी उपरीक्षक विष्ट, उहाँका छोरा किरणराज विष्ट र भीमदत्तनगरकै युवा आयुश विष्टको समेत डीएनए परीक्षण गरिएको थियो । तीनै जनाको रिपोर्ट नमिलेपछि घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउँदै केही तथ्य फेला नपरेको बताउनुभयो । “हामी सुक्ष्म रूपमा दिनरात खटिएर लागेका छौँ ।” कडायतले भन्नुभयो, “अनुसन्धानमा केही नयाँ तथ्य आएको छैन ।”

File Photo

 

  • २२ आश्विन २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !