माथिको आदेश भन्दै प्रहरीद्वारा खेलकुद सामाग्री कब्जा : खेलाडिमाथि दुर्व्यवहार

आजभोलि

रुकुम । पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको मग्मामा भएको खेलकुद कार्यक्रममाथि हस्तक्षेप गर्दै नेपाल प्रहरीले सामाग्री समेत जबरजस्ती नियन्त्रणमा लिएको छ । लोकतान्त्रिक खेलकुद संघको आयोजना भएको खेलकुदमाथि प्रहरीले हस्तक्षेप गरेको आयोजकले जनाएका छन् ।

प्रहरीले बिना कारण सामाग्री कब्जामा लिएको तथा खेलाडीमाथि दुर्व्यवहार समेत गरेको जनाएको छ । नेपाली कांग्रेस नजिक लोकतान्त्रिक खेलकुद संघले आयोजनामा भएको भलिवल तथा सांस्कृतिक कार्यक्रममा माथिको आदेश भन्दै प्रहरीले हस्तक्षेप गरेको आयोजकले बताएका छन् ।

संघद्वारा आयोजना गरेको भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २३ टीमले सहभागिता जनाएका थिए । कार्यक्रम असोज ३ र ४ गते संचालन भएको थियो । नेकपाका कार्यकर्ताले ३ गते पनि कार्यक्रम बिथोल्ने प्रयास गरेपनि स्थानीयको प्रतिवादपछि पछि हटेका थिए । ४ गते प्रहरी प्रशासनको आडमा उनीहरुले बिहानैदेखि कार्यक्रम भाड्ने षडयन्त्र गरेका थिए । तर आफूले मात्र भिड्दा नसकिने भएपछि प्रहरीले प्रशासनको दुरुपयोग गरेका थिए ।

नेकपाका कार्यकर्ताले प्रगतिशील युवा क्लब मार्फत सामानान्तर कार्यक्रम संचालन गरेपछिको विवादको बहाना बनाएका थिए । उनीहरुको कार्यक्रममा ६ टिमले मात्र सहभागिता जनाएका थिए । उनीहरुले स्थानीय सरकारसँग सहकार्र्य नगरेको तथा अनुमति नलिएको कारण आफूहरुले कदम चालेको प्रहरीले दाबी गरेको छ । तर आफ्नै लगानी तथा संयोजनमा गरिने कार्यक्रममा कुनै स्थानीय सरकारको अनुमति लिन कानुनी बाध्यता छैन् ।

नेकपाले सरकार र सत्ताको आँडमा लोकतान्त्रिक खेलकुद संघको कार्यक्रममाथि हस्तक्षेप गरेको छ । प्रहरीले बिना आधार खेलकुद सामाग्री कब्जामा लिएको र आयोजकमाथि दुव्र्यवहार गरेको आयोजकले जनाएका छन् । जिल्लास्थिति विभिन्न निकायले यस्तो कार्यको घोर भत्सर्ना तथा निन्दा समेत गरेका छन् ।

  • ५ कार्तिक २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !